सोम दियाली, लालबन्दी
पुस २८ गते । माघ १६ गतेबाट हुन लागेको लालबन्दी प्रमथ मेयर गोल्डकप प्रतियोगिता २०८२ को खेल तालिका(टाइसिट) सार्वजनिक भएको छ ।
लालबन्दी १ नवलपुरस्थित नवलपुर रंगशालामा स्थानीय जीवेश्वर युवा क्लवले आयोजना गर्न लागेको प्रतियोगितामा आयोजक जीवेश्वर युवा क्लवसहित मधेश प्रदेशका ८ ओटा टिम तथा मधेश बाहिरका ४ टीमसहित १२ ओटा टीमको सहभागिता रहने क्लवका सल्लाहकार राजु राईले बताए ।
उनका अनुसार प्रतियोगितामा मधेश प्रदेशका जीवेश्वर युवा क्लव सर्लाही(आयोजक), वेङ्खाडी युवा क्लव महोत्तरी, धनुषा ११ धनुषा, नेपाल खेलकुद क्लव रौतहट, रतनपुर यु.युथ क्लव बारा, बीरगञ्ज युनाईटेड क्लव पर्सा, गोलबजार स्पोर्टस् क्लव सिरहा र न्यू त्रियुगा स्पोर्टस् क्लव सप्तरी गरी मधेशका आठ ओटै जिल्लाका टिम सहभागि छन् । त्यस्तै प्रतियोगितामा गाईघाट यूवा क्लव उदयपुर, भरतपुर फुटबल क्लव चितवन, इनरुवा फुटबल क्लव सुनसरी र मकवानपुर फुटबल संघ हेटौंडा गरी प्रदेश बाहिरका ४ टीम समेत सहभागि छन् ।
प्रतियोगितामा विजेता टीमले नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र, दितीय हुने टिमले नगर १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा विभिन्न ५ विद्यामा विभिन्न नगद पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगिताको पहिलो खेल नेपाल खेलकुद क्लव रौतहट र न्यू त्रियुगा स्पोर्ट क्लव सप्तरीबीच माघ १६ गते हुने आयोजक जीवेश्वर युवा क्लवका अध्यक्ष दीपेन्द्र बुढाथोकीले बताए ।
प्रतियोगिताको फाईनल खेल भने माघ २७ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।