लालबन्दी, माघ २ गते । लालबन्दीका स्थानीय युवा ऋषि धितालको समन्वयमा नारायणखोलामा ५० जना बालबालिकालाई विद्यालय झोलासहित शैक्षिक सामाग्री र न्यानो पोशाक वितरण गरिएको छ ।
पोखरा महानगरपालिका ११, कास्की घर भई हाल अमेरिका बस्दै आएका आशिष लामिछानेले आफ्नो जन्मदिनको अवसर पारेर लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणखोलास्थित मगरडिही प्राविमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक समाग्रीसहित विद्यालय झोला र न्यानो पोशाक वितरण गरेका हुन् ।
अमेरिका बस्दै आएका आशिषको २५औँ जन्मदिनको अवसर पारेर उनका बुवा विष्णुप्रसाद लामिछानेले विद्यालयमै पुगेर सहयोग गरेको समन्वयकर्ता धितालले जानकारी दिए ।
छोराको जन्मदिनमा केही न केही गर्ने मनसायमा रहेका विष्णुलाई आफूले नारायणखोलाका विद्यार्थीहरुलाई सहयोगको आवश्यकता रहेको बताएपछि पोखरादेखि आएर यस प्रकारको सहयोग गरेका धितालले बताए ।
शैक्षिक सामाग्रीसहित विद्यालय झोला मगरडिही प्राविमा अध्ययनरत बालबालिकाले खुशि व्यक्त गरेका छन् ।
उनीहरुलाई विद्यालयका शिक्षक अष्टबहादुर बल, स्थानीय रोशन दोङ्गलगायत नारायणखोलाका स्थानीय, शिक्षक, विद्यार्थी र अभिभावकहरुको रोहवरमा शैक्षिक सामाग्री वितरण गरिएको यूवा धितालले बताए ।