धनुषा–४ मा एमालेका रघुवीर महासेठको रोचक विजय

Byviralpost

१३ मंसिर २०७९, मंगलवार ०४:०४ १३ मंसिर २०७९, मंगलवार ०४:०४ १३ मंसिर २०७९, मंगलवार ०४:०४

भाइरल पोष्ट, धनुषा ।।
मंसीर १३ गते ।। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी हुनुभएको छ । उहाँ झिनो मतान्तरले विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतको अन्तरले पराजित गर्नुभएको हो ।
महासेठले ३२ हजार २ सय ३६मत ल्याउनु भएको छ भने यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएको छ । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी हुनुभएको छ ।
महासेठ २०७४ को चुनावमा समेत यही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । यसअघि उहाँकी श्रीमती जुलीकुमारी महतो धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसक्नु भएको छ ।