समानान्तर भेला रोक्न अखिल क्रान्तिकारीका प्रदेश सह–ईन्चार्ज थापाको चेतावनी

Byviralpost

२७ श्रावण २०७९, शुक्रबार १७:०२ २७ श्रावण २०७९, शुक्रबार १७:०२ २७ श्रावण २०७९, शुक्रबार १७:०२

भाईरल पोष्ट, हरिवन ।। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का मधेश प्रदेश सह–इन्चार्ज तथा लेखा आयोग प्रमुख विश्वमणि थापाले सो संगठनको समानान्तर कमिटीले गर्न लागेको प्रदेश भेला रोक्न चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जालमा समानान्तर कमिटीको ब्यानरसहितको स्टाटस पोष्ट गर्दै सह–ईन्चार्ज थापाले भेला स्थगन नगरे संगठनको झण्डा, नाम र अध्यक्ष प्रचण्डको फोटोको प्रयोग गरेमा आफूहरु चुप लागेर नबस्ने चेतावनी दिनुभएको हो ।

उहाँले पवन कार्की नेतृत्वको समानान्तर कमिटिले समानान्तर गतिविधि बन्द नगरे जस्तो सुकै परिस्थितिको पनि सामाना गर्न तयार हुन समेत चेतावनी दिनुभएको छ । उहाँले समानान्तर कमिटिलाई उचाल्ने र पर्दापछाडी बसेर योजना बनाई सहयोग गर्ने गुठियाहरुलाई पनि अगाडि आउने आँट गर्न चुनौती दिनुभएको छ ।
उहाँले भ्रममा परेर पवन कार्की पक्षले गरेको भेलामा सहभागि नहुन पनि संगठनमा आवद्ध विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
के हो क्रान्तिकारीको विवाद ?
माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू(क्रान्तिकारी)को असोजमा राष्ट्रिय सम्मेलन भएको थियो । सो सम्मेलनबाट पञ्चा सिंह अध्यक्ष हुनुभयो । सम्मेलनमा धेरै कुरामा विवाद भए । अहिलेका पवन कार्की महासचिव बन्ने होडमा हुनुहुन्थ्यो । तर पछि सिनियारिटीको आधारमा दिपेश पुन महासचिव हुनुभयो । त्यसपछि महासचिव हुन नपाएको झाेंकमा कार्कीले समानान्तर गतिविधि गर्दै गर्न थाल्नुभयो ।
संगठनमा देखिएको विवादबारे बताउनुहुँदै मधेश प्रदेश सह–ईन्चार्ज तथा लेखा आयोग प्रमुख थापाले भन्नुभयो,‘महासचिव हुन नसकेका कार्कीले समानान्तर गतिविधि गर्न थालेपछि कार्कीसहित ९ जनालाई संगठनले कार्वाही ग¥यो । संगठनले कार्वाही गरेपछि कार्कीले समानान्तर कमिटि गठन गरेका हुन् ।’
सह–इन्चार्ज थापाले त्यसरी समानान्तर भेला आयोजना गर्नु क्रान्तिकारीको नीति विपरीत भएको बताउनुभयो । ‘संगठनको नीति विपरीत त्यसरी समानान्तर भेला आयोजना गर्दै हिड्ने कुरा हामीलाई मान्य हुँदैन । पवनकार्की लगायतका साथीहरुलाई तुरुन्त भेला स्थगन गर्न अनुरोध गर्छौं ।’

सह–इन्चार्ज थापाले भन्नुभयो,‘हैन भने हामी चुप लागेर बस्दैनौं । त्यसको क्षति समानान्तर कमिटिले ब्यहोर्नुपर्नेछ ।’