रि-वास निष्कर्ष उपर दुई दिने छलफल सम्पन्न

Byviralpost

४ जेष्ठ २०८१, शुक्रबार २१:४५ ४ जेष्ठ २०८१, शुक्रबार २१:४५ ४ जेष्ठ २०८१, शुक्रबार २१:४५

भाईरल पाेष्ट, मलङ्गवा

जेठ ०३ गते । अनुसन्धान परियोजना उत्थानशील समावेशी खानेपानी,सरसफाई तथा स्वच्छता प्रणाली माध्यमबाट नेपालको जलवायु संकटासन्न्ता सम्बोधन गर्ने(Res-Wash)को निष्कर्षहरुमा छलफल सम्बन्धित दुई दिने कार्यक्रम आज सम्पन्न भएको छ।

सर्लाहीको मलङ्ग्वामा आयोजित उक्त कार्यक्रममा सर्लाहीको बीस वटै पालिकाका प्रमुख,उप-प्रमुखहरु लगायत प्रमुख प्रशासकीय अधिकृतहरुको पनि उपस्थिति रहेको थियो जसमा international water management institute(IWMI) र बागमती सेवा समाजको साझेदारी थियो भने कार्यक्रमको मुख्य उद्देश्य हेर्दा वर्तमान समयमा देशमा देखिएको जलवायु परिवर्तन र यसको चरम मौसमी घटनाबाट पर्ने प्रभावबारे सम्पुर्णमा जानकारी दिनुका साथसाथै स्वक्ष्ता तथा सरसफाई क्षेत्रमा सेवाहरुमा पर्ने गहिरो नाकारात्मक प्रभाव बारे निष्कर्षहरुमा छलफल गरि सर्लाही जिल्लामा रहेका सम्पुर्ण स्थानीय तहको wash प्रणाली अवस्था बारे दर्साउनु मुल उद्देश्य देखिन्छ।कार्यक्रममा हरिपुर्वा नगरपालिकाको विभिन्न बाल क्लबको बालबालिकाद्वारा जलवायु परिवर्तन र समावेशी उत्थानशील wash सम्बन्धित नाटक पनि प्रस्तुत गरिएको थियो।

सोहि क्रममा कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवं बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव भन्छन् ,“चुरे दोहन र अवैध उत्खननले गर्दा जलवायुमा परिवर्तन भएको छ र यसले पर्यावरणमा ठुलो नकारात्मक असर परेको छ हाल तराई मधेसमा सुख्खा पर्नु,पानीको मुहान सुक्नुले मानव जगतमा चिन्ताको विषय बनेको छ भने उता तिव्र रुपमा भईरहेको वन फडानीले गर्दा झन समयमा वर्षात नहुनुको प्रमुख कारण बनेको छ र अबको आर्थिक वर्षमा जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्दै उचित बजेट छुट्टयाउनु पर्ने हुन्छ”।
त्यस्तै कार्यक्रममा उपस्थिति सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला भन्छन् , “खानेपानी स्वक्ष्ता,तथा सरसफाईको विषयमा जुन सरकारले यस क्षेत्रमा सुधारको लागी जुन निति नियम ल्याइएको छ एकदम ठोस छ तर यसलाई हामी मानवबाटै व्यवहारमा उतार्न सकेको छैनौं र यो कार्यक्रम अति नै प्रभावशाली भएकोले सम्बन्धित सरोकारबाला हरुलाई पनि शिख मिल्नेछ्न”।

त्यस्तै कबिलासी नगरपालिकाकि उप-प्रमुख अनिता कर्ण भन्छिन्”हामिले सबैभन्दा पहिला पानीको मुहान जोगाउनु पर्छ जसको लागी सर्वप्रथम मसलाका रुखहरु विस्थापित गर्नुपर्छ र यसको लागी हामी सबै सरोकारबालाहरुले ठोस निति ल्याउनु पर्छ”