हाम्राे बारेमा

“भाईरल पोष्ट’’ एउटा अनलाईन पत्रिका हो । हामी सुचना विभागमा विधिपुर्वक दर्ता भई सञ्चालन छौं । “ज्ञान, कला, प्रतिभा र शक्ति, तागत, क्षमता, विचार र अभिव्यक्ति“ भन्ने नारालाई स्थापित गर्दै समाजका विविध विषयलाई बाहिर ल्याउनु हाम्रो मूल उदेश्य हो ।
संविधानको पूर्ण पालना गर्दै नेपाल सरकारको प्रचलित ऐन कानूनको अधिनमा रही कुनै स्वार्थ, लाभ, प्रलोभन र राजनैतिक प्रभाव, डर, धम्कीमा नपरी देश विदेशका सत्य समाचार सम्प्रेषणमा हामी चुक्ने छैनौं ।
“भाईरल’’ यो शब्द एक अंग्रेजी शब्द भएपनि धर्तीभरी नै यसको अर्थ लोकप्रिय या चर्चित भन्ने लाग्छ । धर्तीमा सबैले बुझ्न सक्ने र एउटै अर्थ लाग्ने नाम भएकोले पनि यसको अर्थ अन्य अनलाईन पत्रिका भन्दा वृहद र पृथक छ । व्यक्तिमा भएको कला, प्रतिभा, तागत र समाजमा रहेका लुकेका विषयलाई चर्चामा ल्याउनु भाईरल पोष्टको कर्तव्य हुनेछ ।
त्यति मात्रै हैन देश विदेशका सत्य समाचार पस्केर नागरिकलाई सुचना दिनु पनि यो अनलाईन पत्रिकाको परम कर्तव्य हुनेछ । त्यस्तै स्थानीय भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाजको जगेर्ना, प्रचार–प्रसार गर्नु, गलत प्रथा, परम्परा र सामाजिक भाईरसको विरुद्धमा आवाज बुलन्द गरि सभ्य र सु–संस्कृत समाज निर्माणमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु पनि यो अनलाईन पत्रिकाको धर्म मानिनेछ ।
स्थानीय उत्पादनको बजार प्रवर्द्धन, रोजगारीको अवसर सिर्जना, स्वास्थ्य, शिक्षा, विकास निर्माणमा देखिएका कमिकमजोरी सुधारका निमित्त निरन्तर खबरदारी गर्नु, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न, समाजमा अमन चयन र शान्ति सुरक्षा कायम गर्न र समाजलाई परिवर्तनको मार्ग तर्फ डोर्याउने कार्यमा समेत हामी सकारात्मक भुमिका निर्वाह गर्ने छौं ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको रक्षा गर्दै नागरिकको सुसुचित हुन पाउने हकको हामी सदैव सम्मान गर्ने छौं । यो प्रगतिशिल मार्ग र वृहद अभियानमा तपाईको सकारात्मक साथ, सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद ।