नेपाली महिला समाज दोहा कतारले शुक्रबार रमाईलो तिज तथा सचेतना कार्यक्रम–२०२२ गर्दै

Byviralpost

७ भाद्र २०७९, मंगलवार १५:१० ७ भाद्र २०७९, मंगलवार १५:१० ७ भाद्र २०७९, मंगलवार १५:१०

फलेन्द्र बलम्पाकी मगर, यूएई ।। हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हो । परम्परादेखि नै मनाइँदै आएको तीज पर्वको व्यापकता पछिल्लो समय झन् झन बढ्दै गईरहेको छ ।
नेपालमा मात्रै मनाईने तीज पछिल्लो समय सीमा बाहिर समेत धुमधाम मनाउन थालिएको छ । विभिन्न कारणले सीमाभन्दा बाहिर रहेका दिदीबहिनीहरुले पनि तीजलाई आफु रहेकै स्थानमा मनाउन थालेका हुन् ।
यसै शिलशिलामा नेपाली महिला समाज दोहा कतारले पनि कतारमा तीजको अवसरमा दर खाने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको छ । “नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना’’ भन्ने मुल नाराकासाथ अगष्ट २६ तारिख शुक्रबारका दिन कतार स्थित ओसिस विच क्लबमा रमाईलो तिज तथा सचेना कार्यक्रम २०० आयोजना गरिएको यूएईबाट फोनिज यूएईका अध्यक्ष पत्रकार फलेन्द्र बलम्पाकी मगरले खबर पठाउनुभएको छ ।
पत्रकार मगरका अनुसार शुक्रबार दिनको ठिक १२ बजे त्यहाँ रहेका १५९ वटा भन्दा बढि विभिन्न संघसंस्थाहरुको सहकार्यमा रमाईलो तिज तथा सचेतना कार्यक्रम–२०२२ को आयोजना हुन लागेको बताउनुभयो । नेपाली महिला समाज दोहा कतार की अध्यक्ष सरिता भण्डारी पौंडेलले उक्त कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरू रेष्मी वि.क., रेविका तामाङ, समृद्धि सापकोटा, शान्ति वलि, जिया हमाल, कुजल पन्थी, प्रज्ञा न्यौरे, सपना परियार, सृष्टि श्रेष्ठ, बर्बी खड्का, आरोही थापा, दिया सिंह, आरुषी रिजाल, सृष्टि लामा, गुना मगरसमेतको बेजोड प्रस्तुति रहनेछ ।
नेपाली महिला समाज दोहा कतारले आफ्नो स्थापना कालदेखि नै विभिन्न अवसरहरुमा सामाजिक र जनचेतनामूलक कार्यहरु गर्दै आई रहेको समाजकी अध्यक्ष भण्डारीले बताउनुभयो ।