भाईरल पोष्ट, धनुषा ।। बहुजन एकता पार्टी नेपालले मधेश प्रदेशमा पार्टीको संगठन बिस्तार तथा प्रशिक्षण भेलालाई थप तिब्र बनाएको छ ।
भारतका संविधान निर्माता एवम् विश्वभरीका दलित समुदायको आर्दश महापुरुष डा.भिम राव अम्बेडकरको मानवतावादी दर्शनलाई आफ्नो मुख्य बिचारधारा बनाएर नेपाली भुमीमा बञ्चित समाजलाई शासक बनाउने मूलय उदेश्यका स्थापित सो पार्टीले आगामी मंसीर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण भेला तथा संगठन विस्तारलाई तिब्रता दिएको हो ।
यसै क्रममा सो पार्टीले सोमबार मात्रै धनुषा जिल्लाको हंसपुर र विदेह नगरपालिकाको गरी तीन स्थानमा पार्टीको संगठन निर्माण गरेको छ । धनुषा जिल्लाका दर्जनबढी स्थानमा प्रशिक्षण भेला सम्पन्न गरिसकेको सो पार्टीले हंशपुर नगरपालिकाको प्रसाही र झट्टयाही र विदेह नगरपालिकाको झिँजामा पार्टीको संगठन निर्माण तथा प्रशिक्षण भेला गरेको सो पार्टीका केन्द्रीय सह–महासचिव दुर्गाराम विश्वकर्माले जानकारी दिनुभयो ।
ती तीनै स्थानमा भएको कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका वरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभारी राजाराम पासवान हुनुहुन्थ्यो । त्यस्तै भेलालाई सो पार्टीका केन्द्रिय सह–महासचिव दुर्गाराम विश्वकर्मा, महिला नेत्री प्रमिला सदा, जिल्ला उपाध्यक्ष रामपुकार सदा लगायतका नेताहरुले बहुजन पार्टीको नीति बिचार एवं मार्ग दर्शनबारे प्रशिक्षण दिनुभएको थियो ।
भेलालाई संबोधन गर्नुहुँदै प्रमुख अतिथी राष्ट्रिय संगठन प्रभारी पासवानले बहुजन समाजलाई धन, धर्ती र कुर्सि दिलाउन पार्टी संगठन संघर्षरत रहेको बताउनु भयो । उहाँले भोट गरिवको तर शासन सामन्तले चलाउने सिस्टम अब खत्तम गर्ने र जसको भोट उसको नेतृत्व हुनु पर्ने बिचार राख्नुभयो । नेता पासवानले भन्नुभयो,“बेइमानहरुको राज समाप्त नभए सम्म जनताले न्याय पाउन सक्दैनन् । भ्रस्टाचारमा लिप्त पार्टी र नेताहरुलाई जनताले अब भोटमा पराजित गरि नयाँ इतिहास रच्नु पर्ने बेला आएको छ ।’
भेलालाई सम्बोधन गर्नुहुँदै सो पार्टीकी प्रभावशाली नेतृ एवं महिलाहरुको हक अधिकारका लागि निरन्तर संघर्षरर्त साहसिक नेतृत्वकर्ता प्रमिला सदाले त्रिभुवन राम देखि शम्भु सदाका हत्यारा पार्टीहरुलाई सहयोग गर्ने दलित बञ्चित समुदायका नेताहरु गदार रहेको र उनीहरुको केबल व्यक्तिगत स्वार्थ पूरा गर्ने सोच रहेकोले त्यस्ताको भ्रममा नपर्न आम बहुजन समुदायलाई अपिल गर्नुभयो ।