काँग्रेस नेता रिजालको अर्को महान कार्य, अशक्तलाई दिए एक लाख बढी मूल्य पर्ने स्पाईनिङ्ग मेसिन

Byviralpost

१४ श्रावण २०७९, शनिबार ०७:१६ १४ श्रावण २०७९, शनिबार ०७:१६ १४ श्रावण २०७९, शनिबार ०७:१६

सोम दियाली, लालबन्दी ।। समाजसेवी एवम् नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी ५ रन्जितपुरका विवेक कर्ण र आशा कर्णलाई एक लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन मेसिन प्रदान गर्नुभएको छ ।
कर्ण दाजु बहिनी विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाईसि सिटीबाट ग्रसित छन् । उनीहरुको शारीरीक व्यायामका लागि सहयोग पुर्याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाईनिङ्ग मेसिन प्रदान गरेको नेता रिजालले बताउनु भयो ।
युवा नेता रिजाल विगत लामो समयदेखि समाजसेवामा सक्रिय रहनुभएको छ । गतवर्षको शितलहरको समयमा समेत विपन्न वर्गलाई न्यानो कम्बल, विपन्नलाई खाध्यन्न सहयोग गर्नुभएका समाजसेवी नेता रिजालले शनिवार विहान वडाअध्यक्ष मिन प्रसाद ढुंगेल(रामु)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम को आयोजना विरामीको थेरापीका लागि सहयोगी सिद्ध हुने उक्त मेशिन विरामीका बुबा अनिल कर्णलाई प्रदान गर्नुभएको हो ।
साईकल वितरणपछि बोल्नुहुँदै समाजसेवी रिजालले आफूले कुनै राजनीतिक स्वार्थ र उद्देश्य नराखी मानवीय भावनाले साईकल प्रदान गरेको बताउनुभयो । उहाँले स्थानीय चुनावका बेला घरदैलोका क्रममा आफूलाई शिक्षा दिने गुरुकै नाती नातिनी असक्त भएको देखेपछि शारीरीक व्यायाममा सहयोग होस् भन्ने उदेश्यले उक्त मेशिन प्रदान गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथी लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनले असक्तहरुका लागि सहयोग सामाग्री वितरण गर्नुभएको भन्दै समाजसेवी नेता रिजालको प्रसंशा भयो । उहाँले आगामी दिनमा पनि नगरका गरीब, निमुखा असहाय, अपाङ्ग, महिला तथा बालबालिकाहरुको सहयोगमा निरन्तर लागिरहन पनि आग्रह गर्नुभयो । उहाँले समाजसेवी रिजाललाई नगरपालिकाको तर्फबाट आभार प्रकट गर्नुभयो ।
सहयोग स्वरुप स्पाईनिङ्ग साईकल पाएपछि निकै राहत महसुस भएको विरामीका बुबा अनिल कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो छोरा विवेक कर्ण र छोरी आशा कर्ण विगत ७ वर्षदेखि असक्त छन् । उनीहरुमा एक्कासी देखापरेको शारीरीक असक्तताले आफू निकै दुखि छु ।’ उहाँले उनीहरुको शारीरीक व्यायामका लागि यो मेसिन अत्यन्तै प्रभावकारी हुने भन्दै खुशि व्यक्त गर्नुहुँदै समाजसेवी नेता रिजाललाई धन्यावाद दिनुभयो ।
उहाँका अनुसार छोरा विवेक र छोरी आशाको अहिले सम्म रोगै पत्ता लाग्न सकेको छैन । उहाँले निको हुने आशामा एपोलो, मेदान्त लगायत भारतका दर्जन बढी अस्पतालहरुमा उपचार गराएको भएपनि रोगै पत्ता नलागेको बताउनुभयो । डाक्टरको भनाई अनुसार यो अज्ञात रोग करीब ८० करोड पुरुषमा एकजना र सय करोड महिलामा एकजनालाई हुने रोग भएको बताउनुभयो । उहाँले उपचारका क्रममा झण्डै साँढे चार करोड खर्च गरिसकेको बताउनुभयो ।
समाजसेवाको अभियानमा गृह गाउँ रन्जितपुरलाई अलि बढी प्राथमिकतामा राख्नुभएका नेता रिजालले आउदा दिनमा नगरका अन्य वडामासमेत अभियानहरू सञ्चालन गर्ने आफ्नो लक्ष्य र उद्देश्य रहेको बताउनु भयो ।
यसअघि नेपाल सरकारद्वारा नगर बिकास कोषको अध्यक्ष तथा विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेका रिजालले ती संस्थामा रहदा पनि आफुले समाजको हित हुने काम गरेको बताउनुहुन्छ ।
आफू पछिल्लो पटक नगर बिकास कोषको अध्यक्ष रहदा लाललबन्दी लगाएत देशका विभिन्न स्थानमा स्वच्छ पिउने पानीको लागि सहयोग पु¥याएको बताउदै आफ्नो मूलभूत उद्देश्य समाजसेवानै रहेने उहाँले बताउनु भयो ।
स्पाईनिङ्ग मेसिन हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस सर्लाहीका उपसचिव ईन्द्र योन्जन, क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति सीताराम दाहाल, लालबन्दी नगरसभापति प्रशान्त आचार्य, महाधिवेशन प्रतिनिधि दिपक अधिकारी, नेताहरु नारायण गुर्मछान्, राकेश ढुंगेल लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक समेत रहनुभएका प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाले जानकारी दिनुभयो ।