हरिवन, पुस २४ गते । नेकपा एमाले हरिवन नगर कमिटी अध्यक्ष सिताराम पोखरेलले आफ्नो जन्मदिन मानवसेवा आश्रम कैलाशपुरीमा मनाएका छन् ।
सर्लाहीमा मानवसेवा आश्रम स्थापना भएदेखि नै निरन्तर आश्रममै जन्मदिन मनाउँदै आएका मनकारी व्यक्तित्व पोखरेलले ६०औं जन्मदिन पनि आश्रममै मनाएका हुन् ।
जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा पोख्रेलकी धर्मपत्नी तारा पोखरेलले स्वागत मन्तव्य राख्दै पोखरेलको पारिवारीक, राजतीनिक र सामाजिक जीवनको चर्चा गरेकी थिईन ।
त्यस्तै प्रमुख अतिथी सर्लाही क्षेत्र नम्बर ३ का पूर्व सांसद हरिप्रसाद उप्रेतीले वेसाहाराहरुकोबीचमा बसेर जन्मदिन मनाउनु भनेको महंगा होटलमा बसेर खाएको भन्दा कैयौं गुणा आनन्द प्राप्त हुने बताए । उनले जन्मदिन आफ्ना कमीकमजोरीलाई सुधार गर्दै नयाँ जीवनको सुरुवात गर्ने समय पनि भएको बताए ।

त्यस्तै विशिष्ट अतिथी पूर्व प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीले मरोनोपरान्त पनि स्मरण हुने काम गर्नु नै जीवनको सफलता भएको बताउँदै पोखरेलको खुलेर प्रसंसा गरे ।
कार्यक्रममै हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले जन्मदिनमा फजुल खर्च नभई राम्रो काम गर्ने प्रेरणा मिलोस भन्ने उदेश्यले यसरी आश्रम जन्मदिन मनाउनु अत्यन्तै सराहनीय कार्य भएको बताईन् ।
कार्यक्रममा एमाले नेता चुडामणि वाग्ले, काँग्रेस नेता डाकुरनाथ खतिवडा, महिला नेतृहरु पद्मा मोक्तान, संचिता घिमिरेलगायतले शुभकामना मन्तव्य राख्दै पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए ।
जन्मदिनको अवसरमा पोखरेलले आफ्ना श्रद्धय गुरुको स्मरणमा गुरु आमालाई सम्मान गरे । त्यस्तै उनले आश्रममा सेवारत महानुभावलाई पनि सम्मान गरे । उनले एमाले क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उमेदवार सिफारिस भएका प्रमुख अतिथी हरि उप्रेतीलाई पनि सम्मान गरे ।
कार्यक्रममा एमाले सर्लाही उपाध्यक्ष विदुर प्याकुरेल, सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव ढकाल, हरिवन नगरपालिका ११ का वडाअध्यक्ष शेख मेहबुब रेजा, ७ का वडाअध्यक्ष निरध्वज कार्की, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्मा, भूमि आयोग सर्लाहीकी सदस्य पवित्रा घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरु, एमाले हरिवनका नेता तथा कार्यकर्ता र उनका शुभेच्छुक, शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरुले पोखरेलको पारिवारीक, राजनीतिक र सामाजिक जीवनमा सफलता र सु–स्वास्थ्य एवम् दीर्घायुको कामना गरेका थिए ।

माधव थापाले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी पोखरेलले ६०औं जन्मदिन मनाई रहँदा आफूलाई २४÷२५ वर्षको झै इनर्जी मिलेको बताए । आफ्नै छोरीको प्रेरणाले जन्मदिन मनाउन सुरु गरेको बताउँदै पोखरेलले आफूलाई जीवनको यात्रामा यो अवस्थासम्म ल्याई पु¥याउने र समाजसेवामा प्रेरित गर्ने महानुभावहरुलाई सम्झिए ।
उनले आश्रममा आएर जन्मदिन मनाउँदा जीउँदा भगवानहरुसँग भेट हुने, आश्रममा आईसकेपछि केही गरौं भन्ने भावना समेत पलाउने भएकोले आफूले सधैं आश्रममै आएर जन्मदिन मनाउने गरेको बताए । उनले जन्मदिनको अवसरमा विभिन्न जातका विरुवा समेत बाडे ।
बुवा राधाकृष्ण पोखरेल र माता रोहिणी पोखरेलका सुपुत्रको रुपमा जन्मेका सीताराम पोखरेल नेकपा एमालेका हरिवन नगर कमिटीका अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष, मानव सेवा आश्रम हरिवन कैलासपुरीका अध्यक्ष समेत हुन् भने हरिवन नगरपालिका ९ का उनी पूर्व वडाअध्यक्ष समेत हुन् ।