बलरा, माघ १५ गते । सर्लाही ४ मा चुनावी सरगर्मी बढीरहेको बेला जेनजी यूवाहरुले जनतम पार्टी रोजेका छन् ।
फागुन २१ गते हुने चुनावलाई लिएर सर्लाही ४ मा कस्ले बाजी मार्ला भन्ने चर्चा भइरहँदा बलरा नगरपालिका ६ मा रहेको गरीब नाथ युवा क्रिकेट क्लवमा आवद्ध दर्जनौं जेनजी यूवाहरु डा.सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
क्लवका अध्यक्ष लखिन्द्र पण्डितसहित अरविन्द पण्डित, मनिष यादव, अनिल पासवान, करण पासवान, अभिषेक पासवान लगायत एक दर्जनबढी यूवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई सो पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव लगायतले अबीर लगाई जनमत पार्टीमा स्वागत गरेका छन् ।
जनमत पार्टीमा प्रवेश गर्दै युवाहरुले मधेशीको हक अधिकार जनमत पार्टीले मात्रै सुनिश्चित गर्ने भएकोले अबको चुनावमा जनमत पार्टीलाई नै जिताउने अभियानमा लाग्ने बताए । उनीहरुले सर्लाही ४ मा राकेश मिश्रको विकल्प नै नरहेको भन्दै जसरी पनि मिश्रलाई नै जिताउन लाग्ने बताए ।
सर्लाही ४ मा जनमत पार्टीबाट किसानका नेता राकेश मिश्र चुनावी मैदानमा छन् । उनको प्रतिष्पर्धीको रुपमा पूर्व सांसद अमरेश कुमार सिंह, नेपाली काँग्रेसका सभापति गगन थापा, नेपाली कम्यूनिष्ट पार्टीबाट डा.रजनीस, जसपाबाट पूर्व सांसद रामेश्वर रायसहित चुनावी मैदानमा उत्रिएका छन् ।