भाइरल पोष्ट, हरिवन
श्री सत्य साइ युनिटी क्रिकेट प्रतियोगिता २०८२ को उपाधि महादेव जनता नमूना मावि हरिवनले जितेको छ ।
साई युवा क्लब हरिवन–४, पटौनाको आयोजनामा पटौना खेल मैदानमा सम्पन्न प्रतियोगितिाको फाईनल खेलमा नव युवा क्लब ईश्वरपुरलाई ९ विकेटले पराजित गर्दै महादेव जनता नमूना माविले उपाधि उचालेको हो ।
नव युवा क्लब ईश्वरपुरले दिएको ७२ रनको लक्ष्य मात्र ५.१ ओभरमा १ विकेट गुमाई भेटाउँदै महादेव जनता नमूना माविले ९ विकेटको कीर्तिमानी अन्तरले शानदार जित हासिल गरेको हो ।
उपाधिसँगै महादेव जनता माविले रु.३० हजार नगदसहित आकर्षक ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता नव युवा क्लवले रु.२० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
क्लवका अध्यक्ष श्याम लामाको अध्यक्षता तथा हरिवन–४ का वडाध्यक्ष केशवराज थापाको प्रमुख आतिथ्यतामा विजेता उपविजेता क्लव तथा खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तिलक खड्का, गणेश मन्दिर संरक्षण समितिका अध्यक्ष केदार बस्नेत, महादेव जनता नमूना मावि हरिवनका प्रधानाध्यापक गिरीराज रानालगायत खेलप्रेमी तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्ने अनिल यादवले बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र म्यान अफ द सिरिज गरी व्यक्तिगत तीनवटै महत्वपूर्ण उपाधिहरू आफ्नो नाममा लेखाउन सफल भएका भएका छन् ।