भाइरल पोष्ट, हरिवन
मंसिर १३ गते । मुलुककै ठुलो इन्दुशंकर चिनी उद्योगले यस वर्षको लागि उखु क्रसिङ्गको तयारी थालेको छ । यस वर्ष उखुको क्रसिङ्गको सिजन सुरु हुनै लाग्दा इन्दुशंकर चिनी उद्योगले पनि तयारी थालेको हो ।
उद्योगले आइतवार विहान उद्योगमै भव्य डोङ्गा पुजा गरी यसवर्षको उखु क्रसिङ्गको शुभमुर्हुत गर्ने भएको छ । हरेक वर्ष डोङ्गा पूजा गरी उखु क्रसिङ्गको तयारी गर्ने गरेको उद्योगले यस वर्ष पनि विधिवत रुपमै डोङ्गा पूज ागर्न लागेको चिनी उद्योगले जनाएको छ ।
उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर नेपालले भने,‘नयाँ सिजनको उखु क्रसिङ्गको तयारी डोङ्गा पुजा गरेर गर्ने चलन छ । हामी अब नयाँ सिजनको लागि उखु क्रसिङ्ग गर्न तयारी छौं है भन्ने जनाउ पनि यही पूजाले दिन्छ ।’
उनका अनुसार भोलि डोङ्गा पूजा गरेपनि पुसको पहिलो सातादेखि मात्रै विधिवत उखु क्रसिङ्ग सुरु गर्ने उद्योगको तयारी छ । यस वर्ष उद्योगले ३५ लाख क्वीन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य लिएको र सोही अनुरुप तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए ।
उनका अनुसार उद्योगले ३० लाख ३२ हजार क्वीन्टल उखु क्रसिङ्ग गरेको थियो ।