भाइरल पोष्ट, लालबन्दी
मंसिर १३ गते । प्याव्सन सेकेण्डरी लेभव जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रवार लालबन्दीमा सम्पन्न भएको छ । प्रतियोगितामा लालबन्दी नगरपालिका ८ मा रहेको अक्सफोर्ड एकेडेमीका दुई विद्यार्थीले फस्ट रनरअप पोजिसन हात पारेका छन् ।
लालबन्दी ६ स्थित एभरेष्ट एकेडेमीमा भएको सो हाजिरी जवाफ प्रतियोगितामा जिल्लाभरीबाट २६ ओटा निजी विद्यालयहरुले सहभागिता जनाएका थिए । जसमा बयलवासमा रहेको लालीगुराँस बोर्डिङ स्कुल प्रथम भएको थियो भने लालबन्दीको अक्सफोर्ड एकेडेमी द्वितीय र आइडल एकेडेमी तृतीय भएको अक्सफोर्ड एकेडेमीका शिक्षक निरञ्जन मिश्रले जानकारी दिए ।
उनले भने, ‘हामी फस्ट रनरअप भयौ । हाम्रो स्कुलबाट कक्षा ९ का अभिषेक बराल र लकी महतो सहभागि भएका थिए । उनीहरु दुई अंकले मात्रै पछि परे नत्र हामी झण्डै झण्डै फस्ट नै भएका थियौं । जे होस् हाम्रा विद्यार्थीले राम्रो गरे ।’
प्रतियोगितामा प्रथप, द्वितीय र तृतीय हुने स्कुल र विद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्याव्सनले हरेक वर्ष जिल्लामा अत्तिरिक्त कार्यक्रम अन्तरगत विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ । यता अक्सफोर्ड एकेडेमी लालबन्दीले पनि हरेक कार्यक्रमहरुमा सक्रियापूर्वक सहभागिता जनाउने गरेको छ ।
अक्सफोर्ड एकेडेमी लालबन्दीको मात्रै नभई जिल्लामै एक उत्कृष्ट विद्यालयहरुमध्येको एक हो । निर्मल आचार्यद्वारा सञ्चालित अक्सफोर्ड एकेडेमीले विगत २२ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।