आजभन्दा लगभग आठसय साठी/सत्तरी वर्ष अगाडि युरोपमा विश्वविद्यालय हरुको स्थापना भैसकेको थियो । विज्ञानले आफ्नो अधुनिक पाइलो मानव भन्दा अग्रभागमा लम्काउंदैथ्यो । संसारमा विभिन्न दार्शनिक र दर्शनकोहरुको उदय भैसकेको थियो । पृथ्वीगोलो छ भनेर किटानी गर्ने सोह्रौ शताब्दीका इटालियन दार्शनिक फ्री थिङकर जर्दानोब्रुनोलाई तत्कालीन धर्मगुरु अर्थात् पादरीहरुले हामी भन्दा जान्ने हुनि भनेर मृत्यु दण्डको सजाए दिएका थिए । सोही समयदेखी खोजी र अनुशन्धान थालेका वैज्ञानिकहरुले पत्ता लगाईछाडे कि, वास्तवमा पृथ्वी गोलो नै रहेको आधिकारिक प्रमाण र संसार अचम्मित भयो । पृथ्वी गोलो छ भनेर प्रमाणित भएपछी मृत्युदण्ड दिने पादरीहरुलाई अत्यन्त ठूलो पश्चताप भयो । जुनकुनै आधिकारिक तर्क, विज्ञान सम्मत तरिकाले प्रस्तुत गरेपछी त्यो कुरो मान्नै पर्छ र त्यो आधिकारिक हुन्छ नै । पाश्चात्य दर्शनले पनि ठोस कुराको ठोकुवा भएपछी मात्रै विश्वास गर्दछ ।
राजनीतिक शास्त्रका ब्यबहारिक विद्यार्थीहरुले बुझ्न के जरुरी छ भने, राष्ट्रमा सम्भावित खत्रा आउन सक्ने आँकलन गर्न साशकले देखेन जानेन भने, त्यो साशकले दुर्दिन भोग्नै पर्ने हुन्छ । सत्ताच्युत हुनै पर्छ । २०४६ सालमा राजा वीरेन्द्रले पञ्चहरुको सल्लाह मानेका भए अत्यन्तै ठूलो मानवीय क्षति हुन्थ्यो । राजा विरेन्द्रले बडो बिबेकपुर्ण तरिकाले जन आन्दोलनको सेफ्ल्याण्ड गराए । बुवाले खोसेको जनताको नासो जनतालाई नै फर्काइदिए । त्याहाँ विरेन्द्रको दुरदर्सिता देखियो । २०५२ सालदेखी सुरु भएको माओवादी युद्धको पनि राजा विरेन्द्रले राम्रैसंग अध्यन गरि नियालिरहेका थिए । एउटा अन्तराष्ट्रिय शक्ति उनको पछि लाग्यो राजपरिवार समाप्त भयो । अब पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्व पञ्चहरु भन्दा अलग्गै टिमबाट हिनेका हुन्थे भने उनीप्रति पनि नेपाली जनताको सहानुभुती रहन्थ्योकी ? उनको ओरिपरी गलत प्रबृतिका सल्लाहकारहरुको भिड् थियो । जस्का कारण ज्ञानेन्द्रले गद्दिच्युत हुनुप¥यो । पुर्व राजा ज्ञानेन्द्रले सायद कल्पना पनि गरेका थियनन् होला जनआन्दोलनको आँधिब्योहोरीले आफु र आफ्ना जिजुबुवाको बिरासत राजसंस्था नै सिनित्तै हुने । यी र यस्ता प्रतिनिधि संस्था र पात्रहरु इतिहासमा प्रसस्तै भेटिन्छ ।
अब बिसौं सताब्दिको अन्त्यतिर पनि हिट्लर र मुसोलिनी भन्दा पनि डर लाग्दा शासकहरुको जन्म भयो । मानव सभ्यताको इतिहासमा नेता भन्नाले समाजको पथप्रदर्शक, प्रेरणादायी र राष्ट्रनिर्माणको लागि तल्लिन ब्यक्तित्व भनेर चिनिन्छ । कैयौं नेताहरु छन जस्ले राष्ट्र, जनताका लागि साँच्चिकै योगदान गरेका छन । तर त्यही इतिहासमा कतिपय शासकहरू छन्, जसले जनतालाई आँसु, पीडा र दमन, स्वतन्त्रताको आवाज उठाउंदा गोलि बर्षाए । यस्ता शासकहरू सत्तामा हुँदा शक्तिशाली जस्तो देखिएतापनी मृत्युपछि उनीहरूको शवमा जनताको आँसु होइन, उनिहरुप्रति घृणा, श्राप मात्र रहन्छ । त्यसैले उनीहरूलाई मर्दा मलामी समेत नकमाएका नेता भनेर चिनिन्छ । उदाहरण स्वरुप ।
इदी अमिन ः आफ्नै देशले थुकेको साशक ।
दक्षिण अफ्रिकी मुलुक युगाण्डाका इदी अमिनले सन् १९७१ देखि १९७९ सम्म युगाण्डाको राज्य सत्ताको बाग्डोर आफ्नो हातमा लिए । उनले जनतालाई अधिकार, स्वतन्त्रता र शान्ति दिनुपर्नेमा हत्या, हिंसा, अत्याचार र नरसंहारको डरलाग्दो कथा लेखे । चेतनशिल जनताको आन्दोलनले सत्ताच्युत भएपछि इदिअमिन एसियाली मुलुक साउदी अरब भागेर आइपुगे । साउदिमा निर्वासित जिबन ब्यतित गरिरहेकै बेला सन् २००३ मा जब उनको मृत्यु भयो । उनको आफ्नै देश युगाण्डाले न त शोक मनायो, नत श्रद्धाञ्जलि दियो । उनको अन्त्येष्टि नितान्त आफन्त मै सीमित भयो ।
उनको मृत्युमा र्सार्वजनिक बिदा,अ ाधा झण्डा झुकाउने र राजकिय सम्मानका साथ अन्त्येष्टि गर्ने कुरो त धेरै परको बिषय भयो ।
पोल पोट ः सशस्त्र युद्धद्वारा आफ्नै देशलाइ कङ्गाल बनाए ।
दक्षिण पुर्वी एसियाली मुलुक कम्बोडियाका उत्ताउलो प्रबृतिका पोल्पोट माओ बिचारधारा अंगाल्दै छिमेकी राष्ट्र भियतनाम माथी ग्रेटर कम्पुचिया सिद्धान्त अपनाएका पोल्पोट थाहै नपाइ सोभियत संघ समर्थित भियतनामबाट पराजित हुनुप¥यो । आफ्नो अक्कल बिना, देश र समय नबुझी चिनिया क्रान्तीको नक्कल गर्दै कम्बोडियाका पोल पोटले कृषिमा आधारित साम्यवाद ल्याउने भन्दै १९७५ मा शासन गरे । तर त्यो प्रयोग जनतामाथि कहालीलाग्दो प्रयोग सावित भयो । करिब २० लाख मानिस भोक, रोग र नरसंहारको बलि चढे । १९९८ मा आफ्नै गुरिल्ला शिविरमा मृत्यु हुँदा उनको चितामा केही थान अनुयायी मात्र थिए । उनले आफ्ना नातेदार बाहेक अरु कोही मलामी पाएनन् ।
हिटलर र मुसोलिनी ः प्रोपोगन्डाका महारथी हरु ।
काम भन्दा बढी प्रचार गरेरै नाम कमाउन सफल ब्यक्तित्वहरुमध्ये विश्वभर नाम फैलाएका जर्मनीका हिटलर र इटालीका मुसोलिनी पनि उदाहरणीय छन् । हिटलरले लाखौँ यहुदीलाई मारे, आफ्नो अगुवाईमा द्वितीय विश्वयुद्धको शंखघोष गरे । अन्ततः उनले आत्महत्या गरि देहत्याग गरे । जर्मनीमा उनका लागि मलामी होइन, एउटा मूर्ख साशकको मृत्युमा खुसी मनाए ।
इटालियन फाँशिष्टबादी नेता मुसोलिनीलाई आफ्नै देशका जनताले सडकमा घिसारेर सार्वजनिक रूपमा फाँसी दिए । घमण्ड र आतंकको अन्त्य गर्दै एउटा क्रुर तानाशाहको मृत्युमा इटालियनहरुले खुसियाली मनाए ।
यी माथी उल्लेखित दन्ते कथा जस्तो लाग्नी दुरदराज समुन्द्र पारि देशका मात्रै होइनन्, हाम्रो इतिहाससँग पनि मेल खान्छन् । राणा शासन करिब एक शताब्दी टिक्यो । जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी र दासत्वमा राख्ने त्यो शासन ढलेपछि राणा वंशका धेरै शासक आफ्नै महलभित्र एक्लिएका थिए । सैंयौ राणाहरु देश छोडेर बिदेसिए जनताले तिनीहरूलाई सम्झिँदा आँसु र श्राप बाहेक अरु पाएनन् ।
जुन ब्यक्ती वा साशक जसले जनतालाई धोका दिन्छ, अन्ततः पतनको भागी हुन्छनै । २०४६ को आन्दोलनले निरंकुश पार्टीरहित प्रणाली ढाल्यो । २०६२÷६३ को आन्दोलनले राजतन्त्रलाई नै समाप्त ग¥यो । हालैका वर्षहरूमा पनि नेतृत्वप्रति असन्तोष गहिरिँदै गएको छ । भ्रष्टाचार, आसेपासेको लाभ, जनताको मुद्दा भन्दा व्यक्तिगत पद र सत्ताको खेल बढी प्राथमिकता दिने प्रवृत्ति हावी छ । ६÷६ चोटि मुलुकको प्रधानमन्त्री भएको ब्यक्तिलाइ घरबाटै थुतेर जनताले नाङ्गेझार बनाउनु त्यस्ता ब्यक्तिको नीति र नेतृत्व अस्विकार गरिएको हो । जेन जि को आन्दोलन ताका यदि कुनै नेपाली राष्ट्रिय स्तरको नेताको ज्यान गको भए सायद मलामी हुन्थ्येकी हुन्थ्येनन् सोच्नै पर्नी थ्यो ।
जनताको आँसु पुछ्ने नेताले मृत्युमा हजारौँ मलामी पाउँछन् । तर जनतालाई दमन गर्ने, धोका दिने र घमण्डमा डुब्ने, भ्रष्टाचारलाई मौलिक हक ठान्ने, शासकहरूलाई इतिहासले धिक्कार्दछ । नेपालका आजका नेताहरूले यो चोटिलो सन्देश बुझ्न जरुरी छ । कुर्सी क्षणिक हो, तर जनताको मनमा लेखिएको नाम स्थायी हो । आफ्नो नाम इतिहासमा कसरी लेखाउने भन्ने निर्णय उनीहरूले आजकै व्यवहारले देखाउंछ । सन २०१३ मा दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका आजादी युवानेता ¥युगो चाभेजको मृत्युमा १३ दिन सम्म सार्वजनिक बिदा र ६८ देशका राष्ट्र प्रमुखहरुको उपस्थितिमा चाभेजको अन्त्येष्टि भयो । यो हो जनताको माया र सद्भाव यस्तालाई भनिन्छ नेता र नेतृत्व अनि बन्छ देश । अनि पाइन्छ आफ्नो मृत्युमा मलामी ।
इदि अमिन, पोल्पोट, हिट्लर र मुसोलिनिको जस्तो मृत्यु कुनैपनी राजनितिकर्मि नेताको नहोस् । मलामी घटाउने कार्य कसैले नगर्नु । समयलाई बुझ्नु , जनताको सेन्टिमेण्ट अनुकुल नेतृत्वदायी भुमिका निर्वाह गरौं । देश रहे पार्टी रहला । पार्टी वा राजनितिक दल नागरिक वाकस्वतन्त्रता देखि देश निर्माणको लागि हो । तर नेपालमा त बिदेशिको चाकडी र देशको सुराकी गर्नाका लागी निर्माण भएका पार्टीहरुबाट कसरी देश र जनताले मुक्ती पाउछन ? देशको सूचना बेच्ने नीति बोकेको पार्टी र ब्यक्तीहरुबाट सतर्क रहंदै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लागौं सबैमा शुभकामना । मेरो देश मलाई प्राँण भन्दा प्यारो लाग्छ ।