मलाई एउटा पुरानो अनुभव याद छ । गाउँघरमा कहिलेकाहीँ चोर कुकुर वा बिरालो धपाउन हामी केही लौरो हान्थ्यौं । कहिलेकाहीँ त ती मरणासन्न भएर ढल्थे, मरेझैँ देखिन्थे । अनि घिसार्दै खोला–खोल्सातिर फ्याँकिदिन्थ्यौं । तर केही घण्टापछि ती पुनः बौरिएर टिठलाग्दो पाराले घरमै फर्कन्थे र आफ्नो पुरानो धन्दा पुनः सुरु गर्थे । त्यति जिउँदो रहन्छ कुकुर र बिरालो ! अन्य प्राणीहरू सायद त्यति दृढ हुँदैनन् ।
यो रह्यो चार खुट्टेहरूको कुरा । मानव त चेतनाको हिसाबले सबैभन्दा अब्बल प्राणी हो । सृष्टिकालदेखि आजसम्मको यात्रा हेर्दा साधारण लागे पनि यसको गहिरो अर्थ छ । एउटा उदाहरण नै लिनुहोस्—सर आइज्याक न्युटन । एकदिन आफ्नो बगैंचामा घुम्दै गर्दा उनको अगाडि रुखबाट एउटा स्याउ खस्यो । उनले सोच्न थाले, “स्याउ भुईँतिर नै किन खस्यो ? आकाशतिर किन गएन ?” यही प्रश्नले गुरुत्वाकर्षणको खोज जन्मायो। त्यसैबाट विज्ञानको एउटा युग सुरु भयो ।
”नेपालको राजनीति स्थिर लयमा हिँड्दै जस्तो देखिए पनि ४८ घण्टाभित्रै सत्ता ढल्नुले प्रणालीको कमजोरी देखाउँछ । गलत सल्लाहमा अघि बढ्ने, आलोचकलाई शत्रु ठान्ने, र आफ्ना गल्तीहरू ढाकछोप गर्ने प्रवृत्ति नै सरकार ढल्ने प्रमुख कारण हो । लोकतान्त्रिक शासनमा पारदर्शिता र आत्मालोचना अपरिहार्य हुन्छ ।”
ठ्याक्कै त्यसरी नै समाज र राजनीति पनि प्रकृतिका नियमसँगै चल्छ । जब शासकले आलोचना सहन सक्दैन, तब निरंकुशता जन्मिन्छ । इतिहासमा यस्ता धेरै उदाहरण छन्—युगाण्डाका इदी अमिन, कम्बोडियाका पोल पोट जस्ता तानाशाहहरू, जसले विरोध सहन नसकेर क्रूर शासन चलाए । तर लोकतन्त्रमा मान्छेले मान्छेका लागि शासन चलाउनु पर्छ । जनताको सहमति र सहभागितामा राज्य संचालन हुनु नै लोकतान्त्रिक चरित्र हो । तर आजको नेपालमा के हुँदैछ ?
ठूला दलहरूले साना दलहरूलाई हेपिरहेका छन् । ‘जेन एक्स’ र ‘जेन वाई’ पुस्ताले ‘जेनजी’ लाई नटेर्ने व्यवहार गरिरहेका छन् । परिणामस्वरूप देशको राजनीति असन्तुलित दिशातिर बग्न थालेको छ ।
नेपालको राजनीति स्थिर लयमा हिँड्दै जस्तो देखिए पनि ४८ घण्टाभित्रै सत्ता ढल्नुले प्रणालीको कमजोरी देखाउँछ । गलत सल्लाहमा अघि बढ्ने, आलोचकलाई शत्रु ठान्ने, र आफ्ना गल्तीहरू ढाकछोप गर्ने प्रवृत्ति नै सरकार ढल्ने प्रमुख कारण हो । लोकतान्त्रिक शासनमा पारदर्शिता र आत्मालोचना अपरिहार्य हुन्छ ।
”जेनजीको आन्दोलन केवल सत्ता परिवर्तन होइन, पुराना गल्तीहरू सच्याउने अवसर हो । तर यदि नयाँ सरकारले पुरानै शैलीमा शासन चलायो, जेनजीका माग बेवास्ता ग¥यो भने, यो सरकार दशैंको घामझैँ छिट्टै अस्ताउने निश्चित छ ।”
२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था उखेल्यो र गाउँ विकास समिति तथा नगरपालिका प्रणाली ल्यायो । त्यसपछि २०६२/६३ को आन्दोलनले राजतन्त्र समाप्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । तर ती दुवै आन्दोलनका उपलब्धिहरू जनतामै सीमित रहन सकेनन् । २०८२ भदौ २३–२४ मा ‘जेनजी आन्दोलन’ ले नेपालका दुई ठूला दलहरूको गठबन्धन सरकारलाई ४८ घण्टामै ढालिदियो । यो आन्दोलन जनआक्रोशको विस्फोट थियो, जुन सामाजिक असमानता, बेरोजगारी, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा लगाइएको अंकुश (जस्तै फेसबुक बन्द) का विरुद्ध उठेको थियो ।
जेनजीका मागहरू स्पष्ट र यथार्थपरक छन्—संघीयताको पूर्ण कार्यान्वयन, दुई तहको शासन (संघ र स्थानीय) कायम राख्ने, र संविधान संशोधनमार्फत पुराना कमजोरी सुधार्ने । यी मागलाई अस्वीकार गर्न सकिने अवस्था छैन । यो आन्दोलन भ्रस्टाचारविरुद्धको ढिलो उठेको तर सही आवाज हो ।
इतिहास फर्केर हेर्दा, २०४६ सालपछि पनि पञ्चायती कालका दुई प्रमुख नेता—सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द—पुनः प्रधानमन्त्री बन्न सफल भए । मरेको प्रणाली पुनर्जीवित भयो । त्यस्तै, यदि आजका शासकहरूले पुरानै परिपाटि र प्रवृत्ति दोहोर्याए भने, फ्याँकिएको बिरालो फेरि ब्यूँतिने खतरा रहन्छ ।
जेनजीको आन्दोलन केवल सत्ता परिवर्तन होइन, पुराना गल्तीहरू सच्याउने अवसर हो । तर यदि नयाँ सरकारले पुरानै शैलीमा शासन चलायो, जेनजीका माग बेवास्ता ग¥यो भने, यो सरकार दशैंको घामझैँ छिट्टै अस्ताउने निश्चित छ । (लेखक नेकपा एमालेका यूवा नेता हुन् । )