भाइरल पोष्ट, लालबन्दी
भदौ १९ गते । जनज्योति भूतपुर्व विद्यार्थी समाज र जनज्योति एसएलसी व्याच २०४९ ले लालबन्दीको एक विद्यालयमा पढ्ने बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री प्रदान प्रदान गरेको छ ।
विद्यार्थी समाज र व्याच २०४९ को संयुक्त टोलीले लालबन्दी नगरपालिका ११ सेतीभीरस्थित जनता प्राथमिक विद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई एकुन सरो विद्यालय झोलासहित कापी, डटपेन, पेन्सिल लगायतको शैक्षिक समाग्री प्रदान गरेको हो ।
समाजका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष रमा पौडेल, कोषाध्यक्ष चिरञ्जवी खतिवडा, एसएलसी व्याच २०४९ का संयोजक अच्युत अधिकारी, दिवाकर बराल, दिलबहादुर श्रेष्ठ, छत्र खड्का, आजिवन सदस्य विश्व थापासहितको टोलीले विद्यालयमै पुगेर शैक्षिक सामाग्री प्रदान गरेको विद्यालयकी प्रधानाध्यापक मिना खड्काले जानकारी दिईन् ।
शैक्षिक समाग्री प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष समेत रहेका जनज्योति एसएलसी व्याच २०४९ का संयोजक अच्युत अधिकारीले लालबन्दी नगरपालिकाभित्रको स्कुलको दयनीय अवस्था रहेकोले नानीबाबुहरुको शैक्षिक उन्नतीका लागि शैक्षिक सामग्री वितरण गरिएको बताए । उनले नगरको शैक्षिक अवस्था सुधारमा टेवा पु¥याउने आवश्यक्ताअनुसार यस्तो कार्यक्रमहरु नगरभित्रका अन्य विद्यालयहरुमा समेत गरिँदै जाने बताए ।
त्यस्तै जनज्योति भूतपुर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार न्यौपानेले जनज्योति भूतपूर्व विद्यार्थी समाजले नगरभित्र निरन्तर शैक्षिक गतिविधि गरिरहेको र यस्ता गतिविधिमा एसएलसी व्याच २०४९ थपिनुले थप हौशला प्रदान गरेको बताए ।
समाज र ब्याचका सदस्य विद्यार्थीहरुले थोरै थोरै नगद संकलन गरी शैक्षिक सामाग्री खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।