भाइरल पोष्ट, लालबन्दी
साउन २ गते । वन संरक्षण तथा अतिक्रमण नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झा सम्मानित हुनु भएको छ ।
डिभिजन वन कार्यालय सर्लाहीमा डिएफओ भई हाजिर भएदेखि नै वन संरक्षण र वन अतिक्रमण नियन्त्रणमा तल्लीन झालाई मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले एक विशेष समारोहमा डिएफओ झा लाई कदरपत्र प्रदान गर्दै प्रदेश सरकारको तर्फबाट सम्मान गर्नु भएको हो ।
सागरनाथ वन विकास परियोजना र सर्लाही जिल्लाको वन क्षेत्र व्यवस्थापनमा डिएफओ झा को दीर्घकालीन योगदानलाई मुख्य आधार मान्दै सम्मान गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । झा ले बागमतीस्थित परियोजनाको जग्गा अतिक्रमण गरी मानव निर्मित ताल बनाएका तत्कालीन मेयर भरत थापा लगायतलाई प्रतिवादी बनाई अदालतमा मुद्दा दायर गरेपछि उहाँको कार्यको सराहना भइरहेको थियो । विगत लामो समयदेखि यो मुद्दा वन कार्यालयमा विचाराधिन अवस्थामा थियो ।
यो सम्मानले आफूलाई काम गर्न थप हौसला प्रदान गरेको डिएफओ झा ले बताउनुभयो ।