भाइरल पोष्ट, लालबन्दी
असार ३ गते । अक्सफोर्ड एकेडेमी लालबन्दीले १२ जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मानसहित नयाँ भर्ना हुन आएका विद्यार्थी र वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
जिल्लामै शैक्षिक अभियन्ताको पहिचान बनाउनु भएका निर्मल आचार्यद्वारा सञ्चालित लालबन्दी नगरपालिका ८ मा रहेको अक्सफोर्ड एकेडेमीले संस्थापिका सम्झना आचार्यको अध्यक्षतामा विद्यालयमै एक भव्य कार्यक्रमको आयोजना गरी शिक्षक तथा कर्मचारीहरु र प्ले ग्रुपदेखि कक्षा ९ सम्म वार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई खादा लगाई मेडल र सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

सम्मानित हुने शिक्षक तथा कर्मचारीहरुमा सो विद्यालयमा विगत २२ वर्षदेखि अध्यापनरत शिक्षक शंकर श्रेष्ठ, १८ वर्षदेखि कार्यरत लेखा संयोजक रामकृष्ण चौलागाईं, १४ वर्षदेखि अध्यापनरत श्याम खड्कासहित शिक्षिका निर्मला भुजेल, जानुका पौडेल, सरु भण्डारी, वर्षा काफ्ले, विज्ञान शिक्षक विनोद देवकोटा, कार्यालय सहयोगी भगवती अधिकारी, आईटी शिक्षक मदन श्रेष्ठ, गणित शिक्षक सूर्यकान्त मिश्र र नृत्य शिक्षक संजय बलम्पाकी रहनु भएको छ । उहाँहरुलाई विद्यालयकी स्थापिका सम्झना आचार्य र सह–संस्थापिका एलिना आचार्यले अविर तथा खादा लगाई सम्मान पत्र बाट सम्मान गर्नुभएको थियो ।

विद्यालयको सफलतासँग विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको अथक मेहनत र परिश्रम जोडिने भएकोले उहाँहरु सम्मानका लागि योग्य हुनु भएको पिन्सिपल निश्चल आचार्यले बताउनुभयो । उहाँले अक्सफोर्ड एकेडेमीलाई लालबन्दीसहित जिल्लामै एक उत्कृष्ट विद्यालयहरुको अग्रपंक्तिमा पु¥याउन योगदान दिनुहुने शिक्षक तथा कर्मचारीहरुको जति नै प्रशंसा र सम्मान गरे पनि अधुरै हुने बताउनुभयो ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिनुहुँदै शिक्षक शंकर श्रेष्ठले आफूले कहिल्यै शिक्षक भएर नभई यो मेरो स्कुल हो भन्ने भावना राखेर काम गरेको बताउनुभयो ।
त्यस्तै लेखा संयोजक रामकृष्ण चौलागाईले पनि आफ्नो लागि भन्दा पनि विद्यार्थी र विद्यालयको उन्नतीको लागि अक्सफोर्डसँग जोडिएर काम गर्न पाउँदा खुशि लागेको बताउनुभयो । उहाँले विद्यालयले गरेको सम्मानले थप राम्रो गर्न हौसला मिलेको बताउनुभयो । त्यस्तै शिक्षक श्याम खड्काले गुणस्तरीय शिक्षा नै अक्सफोर्ड एकेडेमीको मुल मत्र भएकोले आफूहरु सधैं गुणस्तरीय शिक्षा दिनमै केन्द्रित हुने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाबाट एकइन्च पनि पछि नहट्ने अठोट बोकेको अक्सफोर्ड र यहाँका शिक्षकहरुलाई भरोसा गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै सम्मानित हुने अन्य शिक्षकहरु निर्मला भुजेल, जानुका पौडेल, सरु भण्डारी, बर्षा काफ्ले लगायतले पनि विद्यालयले गरेको सम्मानले आफूहरुमा थप हौसला वृद्धि गरेको बताउनुभयो ।
कार्यक्रमकी अध्यक्ष एवम् एकेडेमीकी स्थापिका सम्झना आचार्यले वार्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले सम्मानित हुने शिक्षक तथा कर्मचारीहरुलाई बधाई दिनुहुँदै अझै राम्रो गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले प्ले ग्रुपदेखि कक्षा ९ सम्म प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई पनि बधाई दिनुभयो ।
एकेडेमीको सह–संस्थापिका एलिना आचार्यले स्वागत मन्तव्य राख्नु भएको स्वागत तथा वार्षिक पुरस्कार वितरण कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गित तथा नृत्यहरु पस्केर कार्यक्रमको शोभा बढाएका थिए ।