भाइरल पोष्ट, लालबन्दी
असार १ गते । नेपाली काँग्रेसले लालबन्दी नगर सभापतिमा प्रशान्त आचार्यलाई नै निरन्तरता दिएको छ ।
संघ, प्रदेश, जिल्ला र वडा तहको समेत अधिवेशन सक्काएको काँग्रेसले गाउँ तथा नगर अधिवेशनहरु भने गर्न सकेको थिएन । गाउँ तथा नगर अधिवेशन नहुँदा पार्टीको काम गर्न असहज भएको महसुस गर्दै गाउँ तथा नगर सभापतिमा पुराना सभापतिहरुलाई नै निरन्तरता दिएको हो । जसअनुसार लालबन्दीको नगर सभापतिमा आचार्य पुनरवहाली हुनु भएको हो ।
जेठ २८ गते बसेको पार्टीको जिल्ला कार्यसम्पादन समितिको वैठकले असार १ गतेदेखि लागू हुने गरी आचार्यलाई नगर सभापतिको जिम्मेवारी तोकेको नेपाली काँग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिनुभयो । अर्को निर्णय नहुँदासम्म पार्टी सभापतिको जिम्मेवारीमा आचार्यलाई नै निरन्तरता दिइएको सचिव कार्कीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
आचार्य १३औं महाधिवेशनबाट लालबन्दी नगरापकिाको सभापति हुनु भएको थियो । त्यसयता काँग्रेसले पालिकाहरुको अधिवेशन अझै गर्न सकेको छैन ।