भाइरल पोष्ट, लालबन्दी
जेठ २८ गते । सर्लाहीमा १६ जनाले राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को नयाँ सदस्यता प्राप्त गरेका छन् ।
२०५७ सालमा स्थापना भएको नेशनल प्याब्सनले सर्लाहीमा आफ्नो सदस्यता वृद्धि गर्दै १६ जना नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र प्रदान गरेको हो ।
नेशनल प्याब्सनका सर्लाही अध्यक्ष उदयबहादुर बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा होटल युनाईटेड ईन मा एक भव्य कार्यक्रमको आयोजना गरी नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र प्रदान गरिएको नेशनल प्याब्सन सर्लाहीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष न्यौपानेले नेसनल प्याब्सनमा आबद्ध हुने विधालयहरुले छिट्टै फड्को हान्ने दाबी गर्नुभयो । उहाँले शिक्षाको विकास बिना देशको विकास सम्भव नहुने भएपनि राजनेताहरुशिक्षा प्रति गम्भीर नभएकोले अहिले शिक्षा प्रभावकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षामा जुन किसिमले परिवर्तन हुनुपर्ने हो त्यो किसिमले भएको छैन । डिजिटल युगमा आईसक्दा पनि २०२८ को शिक्षा नियमावलीले काम गर्नु भनेको लज्जास्पद भएको र १० जना शिक्षा मन्त्री परिवर्तन हुँदा पनि नयाँ शिक्षा ऐन नआउनु दुःखद् हो । ’
उहाँले निजी विधालयको ईतीहास ५० वर्ष पुरानो भएको बताउनुहुँदै निजी विद्यालयले मुख्य चार कार्य, एक शिक्षाको गुणस्तर बढाउने, दुई, देश विकासको लागि काम गर्ने, तीन, निजी विद्यालयमा कार्यरत शिक्षकलाई बलियो बनाउने र चार, निजी विधालयलाई बलियो बनाउँदै यसको संरक्षण तथा सम्बद्र्धन गर्नु जरुरी रहेको बताउनुभयो ।
त्यस्तै नेशनल प्याब्सनकै केन्द्रीय महासचिव प्रकाशचन्द्र खडकाले शिक्षाको विषय अब सदनमा पनि उठने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षालाई मौलिक हकको रुपमा संविधानमा राखेको छ । शिक्षालाई केन्द्रीय स्तरमा र गाउँगाउँका छोटे राजाको अण्डरमा अब राख्न मिल्दैन ।’
उहाँले अहिलेका विद्यार्थी डिजिटल एडिसन र एआईको चपेटामा पर्ने गरेकोले यसतर्फ सचेत हुनु पर्ने समेत उहाले बताउनुभयो ।
नेशनल प्याब्सनका केन्द्रीय सदस्य सुदिप कार्कीले शुभकामना मनतव्य दिँदै नव प्रवेशीलाई स्वागत गर्नु भएको कार्यक्रममा पुर्व केन्द्रीय सदस्य सुरेश महतो, विभिन्न विद्यालयका प्रतिनिधि समेतको आतिथ्यता रहेको थियो ।