भाइरल पोष्ट, मलंगवा
जेठ २४ गते । मधेश प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सर्लाहीमा निर्वाचन क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)को अध्यक्षतामा मलंगवामा वसेको जिल्ला समन्वय समितिको बैठकले असार ५ र ६ गते जिल्लाको चार ओटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रस्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको जनमत पार्टी सर्लाहीले जनाएको छ ।
जसअनुसार असार ५ गते पहिलो दिन निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रशिक्षण कार्यक्रम राखिने छ । निर्वाचन क्षेत्र नम्बर १ को कविलासी नगरपालिका १ स्थित पिपरियामा विहान ७ बजेदेखि र निर्वाचन क्षेत्र नम्बर २ को कौडेना गाउँपालिकाको वडा नम्बर २ को वाड कार्यालयमा दिउँसो २ बजे प्रशिक्षण को कार्यक्रम राखिनेछ ।
त्यस्तै असार ६ गते निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा प्रशिक्षण कार्यक्रम गरिनेछ । जस अनुसार निर्वाचन क्षेत्र नम्बर ३ को बरहथवा बजारको सभाहलमा विहान ७ बजे र क्षेत्र नम्बर ४ को सोही दिन दिउँसो १ बजे गोडैता बजारको बेनी भोला विद्यालयमा गर्ने निर्णय भएको जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)ले जानकारी दिनुभयो ।
जिल्ला इन्चार्ज सुजनका अनुसार कार्यक्रमको प्रमुख अतिथी पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख डा.जयकान्त राउत रहनु हुनेछ भने उहाँले नै नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुहुनेछ ।
पछिल्लो समय सर्लाहीमा जनमत पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ । पार्टीमा आएका नव प्रवेशीहरुलाई प्रशिक्षण दिनु आवश्यक भएकोले निर्वाचन क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम राखिएको जनमत पार्टीले जनाएको छ ।
यो प्रशिक्षणले जनमत पार्टीलाई थप मजबुत बनाउन मदत गर्ने जनमत पार्टी सर्लाहीले विश्वास लिएको छ ।