भाइरल पोष्ट, लालबन्दी
जेठ २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा मंगलबार दिउँसो टिफर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
दुर्घटना आज दिउँसो करिब सबा १ बजे भएको हो। लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ८५२० नम्बरको टिफरले दक्षिण बयलबासबाट उत्तरतर्फ हाईवे पार गर्दै गरेको द्यच् ण्ज्ञ ँव् टढटज्ञ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २५–३० वर्षका मिनबहादुर दानी गम्भीर घाइते भएका थिए। प्रारम्भिक जानकारीअनुसार उनी सशस्त्र प्रहरी बलको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत थिए।
घाइते दानीलाई तत्काल लालबन्दीस्थित मोडल अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि बिरगञ्ज स्थित नेशनल मेडिकल कलेज पठाइएको थियो। तर अवस्था गम्भीर भएकाले उनलाई त्यसपछि बारास्थित एलएस न्युरो अस्पतालमा सारिएको थियो। उपचारकै क्रममा साँझ ५:२० बजे उनको मृत्यु भएको प्रहरी चौकी फुलजोरले जनाएको छ।
मृतक दानी बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ निवासी रहेको र हाल सर्लाहीको मलंगवा नगरपालिका–३ मा मुस्लिम आयोगका सदस्य मोहमद सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएका थिए। दुर्घटनामा संलग्न टिफर र चालक नारायण दत्त श्रेष्ठ ९३६०, लालबन्दी नगरपालिका–१७ निवासी, प्रहरीको नियन्त्रणमा रहेको र उनले मापसे नगरेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
घटनास्थलमा तत्कालै फुलजोर प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो र बाटो सुचारु गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।