मुलुकको राजनीतिमा परिवर्तनका अनेक चरणहरू देखिएका छन् । पञ्चायत, बहुदल, राजतन्त्र, गणतन्त्र तर परिवर्तनका यी हरेक चरणमा केही पात्रहरू सधैं दोहोरिएका छन् । तीमध्येका केही नाम हुन्, राप्रपाका कमल थापा, काङ्ग्रेसका अर्जुन नर्शिङ्ग केसी, मधेसवादी दलका शरदसिङ भण्डारी । यिनीहरु पञ्चायती कालमा राजनीतिमा उदाएका र बहुदलमा स्थापित भएका नेताहरु हुन् । एक दुई कार्यकाल पञ्चायतको राम्रै स्वाद पाएका र बहुदल स्थापना पश्चात् स्वर्णिम युगमा प्रवेश गरेका यिनीहरु जुनसुकै पार्टीमा रहँदा वा बस्दा पनि विचारक भएर उदाए । बिसौं पटक मन्त्री बनेर पनि कहिल्यैं नअघाउनेमा पर्दछन् । सायद २०६२÷६३ को जनआन्दोलन पश्चात् हुनुपर्छ । यि कमल थापा गृहमन्त्री थिए ।
‘कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सधैं दुईतिर कूटनीतिक खेल खेल्दै आएको देखिन्छ । बहुदलीय व्यवस्थाको भित्रै बसेर उनीहरूले संसद्, सरकार, मन्त्रालय सबथोक पाएका छन्, तर विचारले भने सधैं बहुदलीयताको मूल मर्मलाई प्रश्न गरिरहेका छन् । ’
रौतहटको गौंरमा ठुलै मानव संहार भयो । २६ जना निहथ्था माओवादिको ज्यान गयो । यिनी गृहमन्त्री को पगरी गुथेर सत्तामा निर्लिप्त थिए । हिसाब गर्ने हो भने यो देशमा सबैभन्दा बढी समय मन्त्री भएर राजकाज चलाउनेमा कमल थापा, शरदसिंह भन्डारी, राजेन्द्र महतो जस्ता मान्छेहरुको नाम आउँछ र पृथकताबादी सोंच र चिन्तनले ग्रसित अनुहार र नामहरु हुन् यी । गणतन्त्रमा पनि यिनिहरुकै हालिमुहाली देखिन्छ । तर यी आज फेरि राजतन्त्र फर्काउने आन्दोलनमा छन् । विडम्बना के भने, बहुदलीय व्यवस्थाबाट सबैभन्दा धेरै सेवा, सुविधा र सत्ताको स्वाद चाख्ने यिनै व्यक्तिहरु अहिले बहुदल र गणतन्त्रलाई अस्वीकार गर्दै राजतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका छन् ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सधैं दुईतिर कूटनीतिक खेल खेल्दै आएको देखिन्छ । बहुदलीय व्यवस्थाको भित्रै बसेर उनीहरूले संसद्, सरकार, मन्त्रालय सबथोक पाएका छन्, तर विचारले भने सधैं बहुदलीयताको मूल मर्मलाई प्रश्न गरिरहेका छन् । गणतन्त्रको घोषणापछि संविधानसभामा भाग लिएको दलले सोही संविधानलाई मान्दैनन् भने यो कस्तो वैधानिकताको अभ्यास हो ? म त छक्क पर्छु बा !
राजतन्त्रको पुनःस्थापनाका लागि भइरहेको आन्दोलनमा उनी(कमल थापा) सहभागी हुँदा अहिलेको सन्दर्भमा प्रश्न उठेको छ कि, के बहुदलीय प्रणालीका लाभ थापिसकेपछि विचार परिवर्तन गर्नु राजनीति हो कि अवसरवाद ? यदि गणतन्त्रबाट असन्तुष्ट हुनुको आधार भ्रष्टाचार, असफल कुशासन र संस्थागत संकट हो भने यसको समाधान व्यवस्था परिवर्तन हुँदै होइन, तथापी व्यवस्थाको शुद्धिकरण चै अपरिहार्य छ र हो । बहुदलिय ब्यबस्थामा नेपालको संविधान भन्दा माथि राखिएको थियो राजतन्त्रलाई । बिडम्बना भन्नू पर्छ, करिब(२०००) दुई हजार शाही सेनाको घेराभित्र रहेका राजा वीरेन्द्रको वंशनाश भयो । सुरक्षित रहन र राख्न सकिएन । संसारमै राम्रो नाम चलेका लोकतान्त्रिक राजा भनेर चिनिएका त्यो चरित्रका राजा वीरेन्द्र जोगिएनन् । वीरेन्द्रपछिका राजतन्त्रको राजकाठ हामीले भोगेकै हो । धेरै बहस चर्चा परिचर्चा आवश्यक ठान्दिन म ।
कमल थापा आज पक्राउ परेछन् । उनी सडकमा उत्रिएका छन्, भाषणमा तीव्रता छ, मनमा आक्रोशको ठुलै बोझ देखिन्छ । तर सोच गडबडिएको छ । जनताले राजतन्त्र त्यागेर गणतन्त्र रोजेका थिए । त्यो ऐतिहासिक आन्दोलन, जनमत र बलिदानमाथि प्रश्न उठाउने हक लोकतन्त्रले दिन सक्छ, तर संविधान मिचेर होइन ।
गणतन्त्रको आलोचना पनि गर्न सकिन्छ । किनकि यो व्यवस्था जनताले बनाएका हुन्, र जनताले नै सुधार गर्न सक्छन । कमल थापाले आज आफू र आफ्नो ‘प्यारा’ राजतन्त्र निक्कै पछि परेको भन्दै सडक रोजेका छन् । उनीभित्रको पीडा बुझ्न सकिन्छ । अब सितिमिती आन्दोलनले यो ब्यबस्था फ्याँक्न निकै कठिन छ भन्ने हेक्का रहोस । कमल जी तपाइँले कल्पना गरेको व्यवस्था हामी जस्ता लोकतन्त्रवादीहरुले स्वीकार गर्न सक्दैनौं । किनभने लोकतन्त्रले तपाईंलाई बारम्बार मौका दियो, हुँदा हुँदा नेकपा एमालेको सुर्य चिन्हबाट समेत चुनावमा भाग लिन पाउने अवसर पाउनु भो । अब पनि तपाई चाँहदै हुनुहुन्छ उही राजतन्त्र (जसले यस्ता अधिकार कहिल्यै दिएको थिएन)।
कमल जी यहाँलाई याद होला कि, राजतन्त्र या (पञ्चायतको) पालामा जनताको पक्षमा आवज उठाउने वीर नेपालीहरु २०२९ फागुन ५ गते झापाको चन्द्रगढी जेलबाट इलाम जेल सर्ने बहानामा सुखानीको जंगलमा पाँचै जना कम्युनिष्ट कार्यकर्तालाई गोलिहानेर रगतमा परेड खेलेको । जसको आवाज थियो वाक स्वतन्त्रता । दिनु भो ? आज त्यही ब्यबस्था खोज्दै हुनुहुन्छ ? किमार्थ दिन सकिन्न । ढुक्क हुनुस् प्रगतिशिल नेपालीहरुको संयुक्त आवाज हो राजतन्त्र मुर्दाबाद ।
‘कमल जि निरीह विरासतको पक्षपाती हुन छोड्नुस् । नेपाली जनताको मतले बन्द गरिसकेको ढोका खोलेर लोकतन्त्रको घर भत्काउने कार्यले देशलाई समृद्धितर्फ अगाडि लान सक्दैन भन्ने हेक्का रहोस् । ’
नेपाली जनताको मतले बन्द गरिसकेको ढोका खोलेर लोकतन्त्रको घर भत्काउने कार्यले देशलाई समृद्धितर्फ अगाडि लान सक्दैन भन्ने हेक्का रहोस् । कमल जि निरीह विरासतको पक्षपाती हुन छोड्नुस् । जुन व्यवस्था आउँछ त्यतैपटी लपक्क हुने प्रबृत्ति पनि त्याग्नुस् मेरो सुझाव । आज लोकतन्त्रका पक्षपाती क. केपी ओलि जस्ले स्वतन्त्रताको लागि १४÷१४ बर्ष कठिन र संघर्षपुर्ण जेल जीवन व्यथित गरेर लोकतन्त्रको रक्षा हेतु बर्तमान नेपाल सरकारको प्रमुख छन् । जुन व्यक्ति र जुन दल बर्ग संघर्षको रापबाट तपितपाउ हुँदै मात्र आएको होइन रामायणको सिताले झै अग्नि परीक्षा पास गरेर आएको व्यक्ति र दलहरुको हातमा राज्यसत्ताको बागडोर छ । चेतना भया ।।