भाइरल पोष्ट, ईश्वरपुर
जेठ १७ गते । सरस्वती मावि भक्तिपुरको व्यवस्थापन समिति फेरिएको छ । नयाँ व्यवस्थापन समितिको अध्यक्षमा जयलाल सहनी चयन हुनु भएको छ ।
ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित मेयर मनोज कुमार आचार्यको घरमा बसेको अभिभावकहरुको भेलाले सहनीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । सहनी अघिल्लो समितिमा सदस्य समेत हुनुहुन्थ्यो । त्यस्तै नयाँ व्यवस्थापन समितिको सदस्यहरुमा राजकिशोर साह, किसुनदेव सिंह, रिता चापागाईं, सुनिता महतो, विश्वनाथ सहनी(वडाअध्यक्ष पदेन सदस्य) र मनोज श्रेष्ठ सदस्य सचिवमा चयन भएको विद्यालयले जनाएको छ ।
विद्यालयमा व्यवस्थापन समिति फेरिएसँगै सो विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने अभिभावकहरुले अपेक्षा गरेका छन् ।