भाइरल पोष्ट, गुजरा
जेठ १३ गते । रौतहटको गुजरा नगरपालिकामा रोड मर्मत तथा ईलेक्ट्रीसियन सम्बन्धी ५० दिने तालिम सम्पन्न भएको छ ।
नगरपालिकाकी रोजगार संयोजक सरिता कुमारी चौधरीको अध्यक्षता तथा नगर उप–प्रमुख रत्न लामाको प्रमुख आतिथ्यतामा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिमको समापन गरिएको हो ।

गुजरा नगरपालिकाका ४० जना युवाहरुको सहभागिता रहेको तालिम गुजरा नगरपालिकाको आर्थिक सहयोगमा लर्ड बुद्ध सिप तथा तालिम केन्द्र लालबन्दीले सञ्चालन गरेको थियो । बेरोजगार युवाहरुलाई स्वरोजगार बन्न सहयोग पु¥याउने उदेश्यले तालिम सञ्चालन गरिएको थियो ।
कार्यस्थलमा आधारित सिप क्षमता विकास तालिम र जिवन उपयोगी सिप सम्बन्धी यो तालिमले सहभागि प्रशिक्षार्थीहरुलाई स्वरोजगार बन्न भरपूर मदत पुग्ने तालिमको समापनका अवसरमा अतिथी वक्ताहरुले बताए थिए ।
अतिथीहरुले आफूले सिकेका सीपको सदुपयोग गर्न शुभकामना दिएका समापन कार्यक्रमको विशिष्ट अतिथी समेत रहनुभएका लर्डबुद्ध सिप तथा तालिम केन्द्र लालबन्दीका फाउण्डर घामराज श्रेष्ठले जानकारी दिनुभयो । समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवल किशोर मिश्र, गुजरा नगरपालिकाका वडा नम्बर १–९ सम्मका वडाअध्यक्षहरुको समेत आतिथ्यता रहेको थियो ।

लर्डबुद्ध सीप तथा तालिम केन्द्रले संघ, प्रदेश र स्थानीय सरकार, विभिन्न तालिम प्रदायक संघसंस्थासँगको सहकार्यमा युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले विभिन्न प्रकारका सिप सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।