भाइरल पोष्ट, लालबन्दी
जेठ १० गते । जिल्लाको लालबन्दीमा १० दिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको सहयोग नगरभित्रका १५ जना पत्रकारहरुलाई लक्षित गरी सगरमाथा नेपाल लालबन्दीले तालिम प्रदान गरेको हो ।
जेष्ठ १ गते देखि लालबन्दी ६ स्थित लालबन्दी होटलको सभाहलमा सुरु भएको तालिम जेठ १० गते (आज) सम्पन्न भएको थियो । तालिममा प्रशिक्षक देवराज पन्त, सुरेश विडारी र सविना तामाङ्गले सहभागिहरुलाई फोटो पत्रकारीता भनेको के हो ? फोटो पत्रकारीता कसरी गर्ने ? यसको महत्व र आवश्यकता के हो ? फोटो खिच्दा र प्रकाशन गर्दा ध्यान दिनुपर्ने कुरा र क्याम्पसन लेख्ने तरिकाबारे सहभागिहरुलाई सिकाउनु भएको थियो ।
सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख अधिकारीले संचार निति ल्याउन मस्यौदा तयार गरिने बताउनुभयो । लालबन्दी नगरपालिकाले नगर भित्रका पत्रकार तथा मिडिया हाउसलाई सहजीकरण गर्न संचार निति ल्याउने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक देवराज पन्त नेपाल प्रेस युनियनका अध्यक्ष कृष्ण थपलीया, नेपाल पत्रकार महासंघका सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, सचिव सोम दियाली, तालिमका सहभागी दिपक विश्वकर्मा लगायतले मनतव्य राखेका थिए ।