भाइरल पोष्ट, लालबन्दी
जेठ ६ गते । दुईओटा मोटरसाईकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा रौतहटको विसुनपुर्वा गाउँपालिका बस्ने ३३ वर्षका नागेन्द्र साह सोनार र काठमाण्डौं महानगरपालिका २३ बसन्तपुर बस्ने वर्ष ३० का विवेक मानन्धर रहेका छन् । उनीहरुको उपचारका लागि विरगञ्ज तर्फ लैजाने क्रममा रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा दिउँसो साँढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा भारत विहार बकुलियाका ३४ वर्षिय मुनिदेवी साह सोनार र रौतहटको विसुनपुर्वा ४ की चनचनदेवी साह रहेकी छन् । उनीहरुलाई सर्लाहीमै सामान्य उपचारपश्चात विरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अरोज राईले दिनुभएको जानकारी अनुसार मंगलवार(आज) दिउँसो ४ बजे बागमती नगरपालिका ४ जिरायतस्थित भित्र सडक खण्डमा सोल्टी बजारतर्फ जाँदै गरेको प्र.३–०२–००६प ७८६८ र बिपरित दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।