आखीर मानब प्राणी न हो, जस्को जीवन सामान्य गतिमा बगिरहेको हुन्छ, तब हाम्रो वरिपरिको मित्रताको घेरा बडो फराकिलो देखिन्छ । चिया पसलका गफ, सामाजिक सञ्जालका ‘लाइक’ कमेन्ट जन्मदिनका शुभकामना, मृत्युका समबेद्ना राजनीतिक, बिचार तथा छेडखानीमा, सहभागी साथीहरूको संख्या प्रशस्त भेटिन्छ । तर जब मानिसको शरीरले साथ दिन छाड्छ, स्वास्थ्यका चुनौतीले मन र मस्तिष्क थकित बनाउँछ, बेडरेस्टमा हुन्छ, तब मात्र थाहा हुनेरहेछ वास्तवमा को साँच्चिकै साथी हो र को केवल परिस्थितिको सहयात्री ? आफ्ना आफन्त, साथीहरुको सम्बन्धको गहिराइ कति आत्मीय थियो र छ भन्ने मापन हुँदो रैछ । कस्ता साथिलाई प्राथमिकतामा राख्नुपर्ने अनुभवमा तेस्तो सिन आयो ? सहानुभूति र आत्मीयताको सूचकको रुपमा साथी कसरी आउँछ, के भावना लेराको छ, उसैको गन्थनले टाउको दुखार बिदा हुन्छ । आफू फेरि थकित ।
पिडामा परेर वा बिमारी भएर खाट्मा पल्टिएको त्यो समय, आत्मचिन्तनको सुखानुभुती पनि हो रैछ । यस अवधिमा विभिन्न प्रकृतिका सृजनाहरु पनि फुर्ने रैछन । सबैभन्दा बढी साथिभाइ हरुको यादपनी आईरहने, को साथि आउँछ र को आउँदैन, त्यसबाट हामीले अरूको चरित्र मात्रै मापन गर्ने होइन ? पींडादायी अवस्था केवल शरीरको कमजोरी मात्र होइन रहेछ ।
“रेवती जि ले हाम्रो कुराको कुनै प्रवाह नगरी राजनारायण कम्रेडको टिमलाई सहयोग गर्नुस् भन्दै उल्टै हाम्लाई नै सम्झाउन थाल्नुु भो ? हामी रिसले आगो भयौं र झगडा गरेर बाहिरियौं । त्यो दिन देखि क. रेवती जि र राजनारायण जि संग मेरो कुनै मोलाहिजा थिएन ।”
सम्बन्धहरूको ‘फिल्टर पनि यहि समय होूभन्ने बोध हुँदैछ । केही थान कू–तर्केहरुले सामाजिक सञ्जालमा आफ्नो कुण्ठा पोख्यो, भन्लान् तर तेस्तो होइन, यो मेरो लेखकिय अभ्यास पनि हो ।
आज बैशाख ३० गते आजभन्दा ठिक एक बर्ष अघि नेकपा एमालेको नवौं जिल्ला अधिवेशन मलंगवाको उद्योग बाणिज्य संघको सभाहलमा बन्द सत्र हुँदै थ्यो । पार्टी भित्रको लोकतान्त्रीक विधि अनुरुप आ–आफ्ना प्यानलहरु बनेका थिए । म पनि एउटा प्यानलमा आबद्ध थिएँ । भोलि ३१ गते मतदान हुँदैछ । नेतृत्वसंग कुरा गर्नुपरो भनेर मेरो प्यानलको सचिबको उम्मेद्वार शुनिल श्रेस्ठ भाई र म न हामी प्रति दया राखि पो हाल्छन् की भनेर नेतृत्व बसेको ठाँउमा पुग्यौं । क.रेवती जि र क. राजनारायण जि एकै ठाँउ बसिरहनु भारैछ । शुनिल भाईले कुरा सुरु गर्नु भो मैले पनि थप्दै गएँ । रेवती जि ले हाम्रो कुराको कुनै प्रवाह नगरी राजनारायण कम्रेडको टिमलाई सहयोग गर्नुस् भन्दै उल्टै हाम्लाई नै सम्झाउन थाल्नुु भो ? हामी रिसले आगो भयौं र झगडा गरेर बाहिरियौं । त्यो दिन देखि क. रेवती जि र राजनारायण जि संग मेरो कुनै मोलाहिजा थिएन । रेवती जि ले गाइड गरेको टिमले चुनाव जित्यो । मेरो टिम पराजित भयो अधिबेसन सक्कियो ।
ठ्याक्कै एक बर्ष पश्चात फेरि उहीँ मिति उहीँ समय, उहीँ मान्छे, उहीँ मौसम टुप्लुक्क मेरो आँगनमा आमनेसामने । भेट नभाको एक बर्षै भैसक्याथ्यो म त छक्क परेँ । गहभरी आँसु पार्दै कमरेड्ली भावनाले हात मिलाउदै अंकमाल गर्नु भो । आफैले भन्नु भो प्रकाश जि तपाई र शुनिलले मसंग झगडा गरेर नबोलेको एक बर्ष भयो त्यैं भएर म तपाँइकै घर आएँ । तपाईं अस्वस्थ्य हुनुहुन्छ भन्ने खबर पाएर । वाहाँले नै सम्झाएको बिगतलाई सम्झें मौन बसें लगभग १ र २ मिनेट जति सन्नाटा भयो ।
हैट घरमै आएको साथी फेरि सिनियर नेता पनि आफै सम्हालिएँ र सोधे आज कताबट बाटो बिराएर मेरो घर किन आउनु भो अलि ठाडो प्रस्न गरें ? तपाँईलाई सन्चो नभको कुरो थाथ्यो त्यै भएर भेटौ भनेर हो । सहजै उत्तर दिनुभो, मेरो आँगनमा कुर्सी राखेर बस्यौं, मलाइ अलि सञ्चोथेन गर्मी मौसम एउटा भेष्ट र हाप पाइन्ट लाएर घरै बसिरहेको थिएँ । वाहाँको र मेरो बीचमा केही राजनीतिक र पार्टी गतिबिधिको बारेमा सम्वादहरु भए ।
“मुल पुजारीलाई धूप, बत्ती, नैव्यद्य, टीका, फुलपाती अक्षेता, रुद्राक्ष, चन्दन अगरबत्ती सबै कुराको जोहो त्यो व्यवस्थापकले जुटाई दिनु पर्छ अनि मात्र त्यो मन्दिरप्रति आस्था बढ्दै जान्छ र भक्तजन हरुको भिडहुन्छ ।”
मैले गम्भिरतापुर्वक चासो राखें, के छ आजकल जिल्ला पार्टीको हालखबर ? तपाईका खास–खास कामरेडहरु कता कता के–के गर्दैछन ? स्वयम् तपाईं आफै पनि के गर्दै हुनुहुन्छ ? हामीलाई त पार्टी कमिटीबाटै रिङ्गआउट गर्दिनुभो ? हामी जो जति हारेकाछौं हामी एक ठाउँ छौं । पार्टीलाई नजिकबाटै नियालिरहेका छौं ? लाग्छ अब जिल्लामा नेकपा एमालेको नश्ल नै समाप्त भएको होकि ? गतिविधि त जिरो अर्थात् शून्य छ । एकजना कोहि मान्छेलाई पार्टीमा भित्राएको देखिन्न ? हाइवेका केही पालिका बाहेक अन्त पार्टी मरेतुल्य छ ? बिरोधीहरुले विभिन्न आरोपमा हाम्रा साथिहरुलाई झुठा मुद्धामा फसाएको खबर सुनिन्छ । पार्टीले ती साथिहरु माथी लागेको झुठा आरोपहरु पार्टीको तर्फबाट खण्डन भएको पनि खासै दिख्दिन? कुनै बैचारिक प्रशिक्षणहरु चलाको पनि देख्दिन ? अनि पार्टी कांहा छ ? के गर्दै छ ? अशाध्यै कष्टका साथ हुर्काएको पार्टी हो, ज्यादै माया लाग्छ । धेरै श्रम गरिएको र जीवन जवानी यसैमा ब्यतित गरियो । पार्टी जवान भयो ,राज्यसत्ताको बागडोर नेकपा एमाले को हातमा छ । तर पार्टीको पाखुरी कस्ता मान्छेहरुले खाईरहेका छन् टुलुटुलु हेरेर बस्नुको बिकल्प नै रहेन । हचुवाकै भरमा जिल्लाका नेता कार्यकर्ता माथी डण्डा लगाउने काम पनि भएछ ? यी र यस्ता धेरै प्रश्नहरु गरें । अनि वहाँको ब्यक्तिगत कुराहरु पनी सोधें । कुनै पनी कमिटिमा आबद्ध हुनुहुन्न ? र पनि तपाईंमा कुनै नैरास्यता छैन ? कुनै कुनै कार्यक्रममा अतिथिको रुपमा सामाजिक सञ्जाल मार्फत् भाषण गरेकै देख्छु, अल्छी लाग्या छैन ? केही शब्दहरु वाहाँलाइ बिज्ने गरि भनें र पनि रिसाउनु भएन ।
मेरा असन्तुष्टी र आक्रोश मिश्रित प्रश्नहरु एकाग्रता पूर्वक सुनि सकेपछि उहाँ बोल्नुभयो र भन्नुभयो, हेर्नुस्, प्रकाश जी नेकपा एमाले हाम्रो मन्दिर हो । यो पवित्र मन्दिरप्रति पार्टीमा आस्था राख्ने श्रद्धालु भक्तजनहरुको घुँइचो हुन्छ नै । यसमा के छ भने, धेरै जसो भक्तालुहरु निश्चित स्वार्थ लिएर हात जोडेर वर माग्न मात्र लाइन लाग्छन् ।
“नेकपा एमाले त्यही पवित्र मन्दिर हो । मन्दिर कसैको निजि हुन्न ? पुजारी भनेको नेतृत्व हो । मन्दिरको व्यवस्थापक भनेको संगठन हो । संगठनकै कारण पार्टी बलियो हुनि हो । पार्टी बलियो भएपछी सरकारमा पुगिन्छ । सरकारमा गएपछी देश र जनताको भलो हुने र देखिने काम हुँदा सरकार र पार्टी प्रती जनताहरुको आकर्षण बड्छ ।”
मूल पुजारीले टिको र चन्दन लाउँदै फुलपाती हातमा थमाउँदै बिदा गर्न खोज्छन् । अनि मूलपुजारीले शिरमा हात राख्दिए आफुलाइ भाग्यमानी सम्झिन्छन् दर्शन गरेको फोटो खिचाउछँन् । मुल पुजारी र मन्दिरको पुर्णकदको तस्वीर दुनियाँलाई देखाउँदै आफू र मन्दिरको मुल व्यवस्थापकको बीचमा सिधा सम्पर्क रहेको बिना प्रसादीको गफ दिएर समाजलाई हैरान बनाउनी हुन्छन् । मुल पुजारीलाई धूप, बत्ती, नैव्यद्य, टीका, फुलपाती अक्षेता, रुद्राक्ष, चन्दन अगरबत्ती सबै कुराको जोहो त्यो व्यवस्थापकले जुटाई दिनु पर्छ अनि मात्र त्यो मन्दिरप्रति आस्था बढ्दै जान्छ र भक्तजन हरुको भिडहुन्छ । एक थरी भक्त जन हरु मन्दिर को ब्यबस्थापनमा लाग्नु पर्नी हुन्छ मन्दिरको, सरसफाइ ,बिजुली ,पानी,सिसि क्यामेरा जडान, वरिपरि फुल बगैंचा, पोखरी या ताल, बिरुवा हुर्काउने दर्शन गर्न आउनी श्रद्धालुहरुप्रति कुनै असुविधा नहोस् भन्दै धर्मशाला, ट्वाइलेट, बाथरुम, यी र यस्ता खाले सारा ब्यबस्थापन गर्न सक्ने नेतृत्व वा प्रशाशक हुन्छ । अनि मात्र त्यो मन्दिर संसारका मान्छेहरुको पुज्य, आस्था र बिस्वासको केन्द्रमा परिणत हुन्छ ।
हो नेकपा एमाले त्यही पवित्र मन्दिर हो । मन्दिर कसैको निजि हुन्न ? पुजारी भनेको नेतृत्व हो । मन्दिरको व्यवस्थापक भनेको संगठन हो । संगठनकै कारण पार्टी बलियो हुनि हो । पार्टी बलियो भएपछी सरकारमा पुगिन्छ । सरकारमा गएपछी देश र जनताको भलो हुने र देखिने काम हुँदा सरकार र पार्टी प्रती जनताहरुको आकर्षण बड्छ । सरकारमा रंहदा बस्दा बरदान माग्ने भक्त जनहरुको माग पुर्णं भयो भने श्रद्धालुजन बड्दै जान्छन् । भगवान भएर वरदान पुर्ण गर्न सकिएन भने श्रद्धालुजनहरु घट्दै जान्छन् । त्यस कारण आज हामी र हाम्रो वैचारिक आस्थाको मन्दिर नेकपा एमालेको विरोधमा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरु लागि रहेका छन् । ती सबैलाइ परास्त गर्न तपाईं हामी सबै एक भएर मुकाबिला गर्नु पर्ने जरुरी देख्छु । त्यसकारण पार्टीभित्र चुनाव जिते नेता भईने हार्दा नेता हुन नसक्ने होइन । मेरो नी जिम्मेवारी केहि छैन तपांईको नी जिम्मेवारी केही छैन हामी र हामी जस्ता अनिगिन्ती साथीहरुको बार्षिक लेवि मूल्य २४० रुपैयाँ मात्र ।
“आजकल पार्टीभित्र कमरेड्ली भावना चैँ हराउँदै जान थाल्यो । जातियवाद क्षेत्रीयतावाद संकिंर्णतावाद मौलाउंँदै जान थाल्यो । यस्तो चिन्तनले पार्टीलाई कहाँ पु¥याउला, सोचनिय बिषय बन्दै छ ।”
अर्को कुरा, तपांईले पार्टीभित्रको आन्तरिक चुनाव हार्नु भो तर तपाईं नै शसक्त ढङ्गले विभिन्न सञ्चार माध्यमद्वारा समाजलाई सु–सुचित बनाउन विभिन्न लेखहरु लेखि रहनु भएको छ । मैले सबै अध्ययन गरेको छु । मलाई गर्व लाग्छ । आफुले संरक्षण गरेको एउटा क्याडरले यत्तिको वैचारिक ओजन बनायो होला भन्ने कुराको त मैले ख्याल गरेकै रैनछु ।’’ भन्दै मलाई हल्का फुलाउनु भो । त्यसकारण हामिसंग दुईखाले साथीहरु छन् । एउटा बसेरै दिमाग परिचालन गर्नि र पार्टीलाई उर्जाशील बनाउनी कार्यकर्ता लगनशील बनाउनी । र अर्को सदैव जनताको काममा अहोरात्र खट्नी । यिनिहरुकै संयोजनबाट नेकपा एमाले बनेको हो । कुदेरै मात्र पनि पार्टीको काम हुने होइन । बसेर त झन् हुँदै हुन्न र आजकल पार्टीभित्र कमरेड्ली भावना चैँ हराउँदै जान थाल्यो । जातियवाद क्षेत्रीयतावाद संकिंर्णतावाद मौलाउंँदै जान थाल्यो । यस्तो चिन्तनले पार्टीलाई कहाँ पु¥याउला, सोचनिय बिषय बन्दै छ ।
हिजो मात्र उप–महासचिव क.प्रदिप ज्ञवालिले भन्नुभयो, ‘पटक–पटक अवसर पाएकाहरुबाट नै पार्टी जोगाउन मुस्किल भयो ।’ कुरो गम्भीर छ, भन्दै मसंग दुई घण्टा जति गफिएर ग्रीन टी पिएर रेवती जि बिदा हुनु भो । थुप्रै साथीहरुले भेटघाटको सन्दर्भमा मेरो घर–आँगन टेक्नु भो र यहींबाट फिर्ता हुनु भो । केही साथीहरु अन्त कतै जाँदै गर्दा बाटो काट्न सक्नु भएन पसेर भेटेर हालखबर बुझेर जानु भो । केही साथीहरु पार्टीको नेतृत्वमामा बिराजमान हुनुहुन्छ, मेरै घर–आँगनको बाटो निक्कै चोटि ओहोर–दोहोर गरेको देख्या छु, सायद मन वा विचार समूह नमिलेर हो कि, मप्रति उहाँहरुको हृदय अलि कठोर भएको होला । म धेरै बोलिन…..। ( लेखक नेकपा एमाले सर्लाहीका पूर्व जिल्ला उप–सचिव हुनुहुन्छ । )