पाकिस्तानको पञ्जाब प्रान्तमा बहावलपुरको तातो बालुवामा एउटा बालक हुर्किँदै थियो — जसको निधारमा दह्रो राष्ट्र निर्माणको कुनै सपना थिएन, भविष्यको सपना थिएन, बरु हतियारको चिसो र क्रूरता फिरौती, धर्मको नाममा उधारो मृत्युको सम्झौता थियो । सन् १९६८ को त्यो सुस्केरामा जन्मिएको मसूद अजहर अल्वी, पढ्न कराँचीका कठोर मदरसामा पुग्यो । उसले किताबहरू पढ्न सिक्यो, तर किताबका अक्षरहरूमाथि मानवताको सुगन्ध होइन, युद्ध र घृणाको गन्ध भरिएको थियो । दिओबन्द (दियोबन्द भनाले इस्लाम हरुको सुन्नी साखाको हनाफी बिचार धाराहो । जस्ले आधुनिक्ता र बिलासिताको बिरोध गर्छ)
शिक्षाको विकृत छायाँले उसलाई प्रेम होइन, प्रतिशोध पढायो। उसले जानीरहेको थियो — आफ्नो जीवनको पथ क्रान्ति द्वारा बदल्ने होइन, हिंसा द्वारा जिबनको पथ बनाउने छ । समयसँगै मौलाना बन्यो — तर यस्तो मौलाना, जसको मुखमा धर्म थियो, तर मुटुमा बंम बारुद । कश्मीरका पहाडहरू उसलाई युद्धका बादलजस्तै देखिन्थे । दिल्लीका गल्लीहरूमा उसले वैमनस्यताको चिसो हवा महसुस गथ्र्यो र, त्यसैको शिखरमा उसले आफैंलाई बन्दी बनायो — भारतको जेलभित्र । तर उसको कथा त्यहीं टुङ्गिएन ।
“भारत फेरि रोयो — तर यसपटक चुप लागेर मात्र रोएन । उसको आँसुहरू आगो बने । उसको घाइते आत्माले शपथ खायो — “अब होइन !’’ । केही दिनभित्रै, भारतले ‘सिन्दुर अपरेसन’ को कोड नेममा शत्रुका किल्लामाथि कहालीलाग्दो क्षेप्यास्त्र हान्ने योजना बनायो ।”
सन् १९९९ को चिसो डिसेम्बर — एउटा विमान आकाशमा हरायो । IC–८१४, काठमाडौँबाट दिल्ली उडेको त्यो विमान अमृतसरमा रोकियो, फेरि लाहोर, अनि कान्दाहार। यात्रुहरू हतास, परिवारहरू बिलख बन्धन्मा बस्न बिबस भए । सात दिनसम्म एउटा सानो धर्ती, एउटा विमान, र सयौं प्राणहरू बन्धक बने। भारतले बाध्य भएर मसूद अजहरलाई मुक्त ग¥यो । यात्रुहरू घर फर्किए, तर भारतको आकाशमा एउटा गहिरो कालो बादल मडारियो — जसको नाम थियो जैश–ए–मोहम्मद।जस्का संरक्षक थिए (मौलाना मसुद अजहर ओल्वि) र उन्ले अन्य भातृ संगठन लस्कर ए तोयबा जस्ता संगठन हरु पनि निर्माण गरेका थिए । (TRF जस्ले April २२ मा पहलगाम भ्यालिमा भएको घट्नाको जिम्मेवरी लिएकोथियो ।)
रक्तले रङ्गिएको त्यो संगठन कश्मीर भ्यालिको खोँचदेखि दिल्लीका सडकसम्म आतंक फैलाउन निस्कियो। वर्षौँसम्म उसका योजना र उसका आतंकले भारतलाई पोलिरह्यो। एकपछि अर्को प्रहार — संसद आक्रमण, पठानकोट हमला, पुलवामा विस्फोट। प्रत्येक चोटि मसूद अजहर जस्तै आकृतिहरूको हाँसो कुटिल रूपमा गुञ्जिरहन्थ्यो। मानव सभ्यताको खिल्ली उडाउदै रगतमा परेड खेल्थ्यो र हेथ्र्यो — अतः धर्मकै नाममा धर्म हत्या भइरहेको थियो ।
तर समय सधैँ एकनास हुँदैन । २०८२ सालको वैशाख ९ गते — अप्रिल २२, २०२५ । कश्मीरको सुन्दर पहलगाम उपत्यका । जहाँ फूलहरू फक्रिन्थे, थरी थरिका चरि हरुको स्वर हरु गुञ्जिन्थे जस्मा एक अरबिक एक नेपाली र अन्य २४ भारतिय पर्यटक हरुको लाजनमानी हत्याको जिम्मेवारी लियो, संसारलाइ लज्जित बनायो । त्यसदिन पहल्गाम भ्यालि रक्ताम्य बन्यो । २६ जना निर्दोष पर्यटकहरू — जसले केवल सौन्दर्य हेर्न आँखा खोलेका थिए — आतंककारीहरूको बन्दुकले उनीहरूको जीवनका उज्यालाहरू निभाइदियो। त्यहाँ चिच्याहट थियो, रगत थियो, र एक निसासिएको मानव सभ्यता आँत्तिरहेको थियो !
भारत फेरि रोयो — तर यसपटक चुप लागेर मात्र रोएन । उसको आँसुहरू आगो बने । उसको घाइते आत्माले शपथ खायो — “अब होइन !’’ । केही दिनभित्रै, भारतले ‘सिन्दुर अपरेसन’ को कोड नेममा शत्रुका किल्लामाथि कहालीलाग्दो क्षेप्यास्त्र हान्ने योजना बनायो । बहावलपुर — जहाँ कहिल्यै हार नमान्ने मसूद अजहर सुरक्षित रहन खोजिरहेको थियो — त्यहीं उसकै अन्तिम अध्याय लेखियो । अत्याधुनिक ड्रोन, अचूक सूचना, र अजेय सङ्कल्पले उसको संसार ध्वस्त पारिदियो ।
जुन बंकरमा बसेर उसले मानवताको विरुद्ध घोषणा गरेको थियो, त्यसै बंकरमा उसले अन्तिम सास फेर्यो — एक्लो, पराजित, र चुपचाप । उसका अनुयायीहरूले उसलाई बचाउन सकेनन् । उसका भाषणहरूले उसलाई जोगाउन सकेनन्, कुरानले थेगेन, उस्को कुरानको दियोबन्दी स्कुलिङ्गले जोगाउन सकेन, उसको त्यो सडेको सपना त्यसदिन बहावलपुरको धूलोसँग मिलेर बिलायो ।
तर मसूद अजहरको मृत्यु मात्र एउटा शरीरको अन्त्य थियो । उसको बाँचिरहेको घृणाले अझै चिसो सास फेर्ने प्रयास गर्ला, विभिन्न छद्मभेषीहरुको उदय नहोला भन्न सकिन्न ? उसको जस्तै सोच राख्ने कयौं स-साना आकारहरू अझै अँध्यारो कुनामा अंकुराउंदै छन् होला । त्यसैले, आज हामी मसूद अजहरलाई हराएकोमा विजयको घण्टी बजाउनु भन्दा अगाडि, भित्रभित्रै सोच्नु पनि पर्छ — जबसम्म प्रेम र सहिष्णुताको बिउ हामीले रोप्दैनौं, युद्ध र घृणाका यी बिरुवाहरू सधैं उम्रिरहनेछन् ।
मौलाना मसूद अजहरको कथा केवल एक व्यक्तिको पथभ्रष्टताको कथा होइन । यो चेतावनी हो धर्मको गलत अर्थले मानिस कति भयङ्कर र अमानवीय बन्न सक्छ भन्ने कटु यथार्थ । उसले मानवता माथि जे ग¥यो, त्यो इतिहासमा त कालो अक्षरमा लेखिइसकेको छ । अब प्रश्न यहीँ छ — हामी कस्तो भविष्य लेख्न र देख्न चाहन्छौं ? शासक हरुले बुझ्न जरुरी छ । (लेखक नेकपा एमाले सर्लाहीका पूर्व जिल्ला उप–सचिव हुनुहुन्छ । )