3d Realistic Metal Logo Mockup on Dark Concrete
भाइरल पोष्ट, हरिवन
वैशाख २४ गते । हरिवन प्रहरीले मंगलवार प्रतिबन्धित लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ बस्ने २१ वर्षिय सविन बल रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले हरिवन ४ पटौनास्थित भित्री सडक खण्डबाट १५ किलो २२० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङको नेतृत्वमा रहेको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध गाँजा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनले प्रदेश ३–०२–०१० प ८२९३ नम्बरको २२० सिसिको कालो रातो रङको पल्सर मोटरसाईकलमा कालो झोलामा लागूऔषध गाँजा सिन्धुलीबाट हरिवनतर्फ लिएर आउँदै थिए ।
पक्राउ परेका बल, लागूऔषध गाँजा र उनले प्रयोग गरेको मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।