भाइरल पोष्ट, ईश्वरपुर
वैशाख १७ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले वडा नम्बर ९ को नव निर्मित भवन उद्घाटन गर्नुभएको छ ।
भवन उद्घाटन गर्दै मेयर आचार्यले आगामी वर्ष आवश्यक बजेट विनियोजन गरी नगरमा सर्पदंश उपचारको लागि अस्पताल निर्माण गर्ने दाबी गर्नु भएको छ । उहाँले सर्पदंश अस्पताल निर्माण तथा सञ्चालनको लागि नेपाली सेनासँग पनि समन्वय गरिने बताउनु भयो ।
नव निर्मित वडा कार्याल भवनको उद्घाटन भएसँगै आफ्नै भवन नहुँदा कार्य सम्पादनमा परेको जटिलता हटेको छ । लामो समयपछी वडाको आफ्नै भवन भएपछी वडावासी खुसी समेत भएको वडा अध्यक्ष नन्दलाल चौधरीले जानकारी दिनुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय लक्ष्मी प्रसाद महतो सुढीले दुुई कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । सोही जग्गामा ४० लाख रुपियाँ खर्चिएर बैठक कोठा, वडाध्यक्ष कक्ष, वडा सचिव कक्षसहितको एक तले भवन तयार पारिएको वडा अध्यक्ष चौधरीले बताउनुुभयो ।