भाइरल पोष्ट, बलरा
वैशाख १६ गते । नेकपा माओवादी केन्द्रका उप–महासचिव मातृका यादवसहितका नेताहरुले छटौना पुगेर स्व.विष्णु राय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यही वैशाख ५ गते हृदयघातका कारण अचानक दिवंगत हुनुभएका बलरा नगरपालिका ११ का समाजसेवी तथा स्थानीय पुराना नेता समेत रहनु भएका स्वर्गिय यादवप्रति माओवादी केन्द्रका उप–महासचिव मातृकासहित मधेश प्रदेशका पूर्व अर्थमन्त्री एवम् संसदीय दलका नेता भरत साह, नेता हरिकिशोर सिंह, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर कुरुमवाङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायतले छटौनास्थित स्वर्गिय यादवकै घरमा पुगेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

स्वर्गिय यादवका छोरा जनमत पार्टीका सर्लाही ईन्चार्ज श्रीचन यादव(सुजन)ले बुवाको तेह्रौ पूण्यतिथिका अवसरमा उहाँहरु निवासमै आएर श्रद्धाञ्जली अर्पण गर्नुभएको बताउनुभयो । उहाँले विशिष्ट व्यक्तिहरुको आगमन र आशिर्वादले स्वर्गिय बुवाको आत्माले शान्ति पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बुवाको निधनको खबरले टाढा टाढा रहनुभएका साथीभाई, आफन्त तथा शुभेच्छुकहरुले समेत भौतिक रुपमै उपस्थित भएर तथा फोन म्यासेज मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहनु भएको छ । श्रद्धाञ्जली कार्यक्रम भोलि वैशाख १७ गते साँझ सकिने छ ।