भाइरल पोष्ट, सर्लाही
वैशाख ५ गते । हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण यादवलाई कार्वाही गर्न सर्लाहीसहित देशभरका मुस्लिम संघ संगठनहरुले माग गरेका छन् ।
नेपाल प्राज्ञिक मञ्चले यही वैशाख ३ गते काठमाण्डौको गोङ्गबुमा आयोजना गरेको वृहद युवा विद्वत सभामा हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष यादवले मुस्लिम समुदाय विरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्लाहीसहित देशभरका मुस्लिम संघ संगठनहरुले उनलाई कानून अनुसार कार्वाही गर्न जोडदार माग गरेका हुन् ।
यादवलाई कार्वाहीको माग गर्दै नेपाल मुस्लिम इत्तेहाद संगठन सर्लाहीले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
संगठनका सर्लाही अध्यक्ष शेख मेहबुव रेजाको नेतृत्वमा गएको टोलीले हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण यादव दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको र त्यसमा इत्तेहाद संगठनको ध्यानाकर्षण भएको जनाउँदै उनलाई तत्काल कार्वाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
इत्तेहाद संगठन सर्लाहीका पदाधिकारीहरुले आज दिउँसो प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई भेटी उहाँमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाल र नेपालीको धार्मिक सद्भाव, सहिष्णुता एवम आस्थामा गम्भीर खलल् पु¥याउँदै धार्मिक द्वन्द, अशान्ति र साम्प्रदायिध विद्वेश फैलाउने उदेश्यले त्यस्तो धारणा राख्नु भएको स्पष्ट छ । विश्वको अमूक मुलुकमा लाखौं मान्छे मारिएको भन्ने उहाँले दाबी गरेको कपोकल्पित, भ्रामक, असत्य र असामाजिक अभिव्यक्त हो । देशलाई नै समस्यातर्फ धकेल्ने षड्यन्त्रले यस्तो गरिएकोले भ्रामक कुरा फैलाउँदै हिड्ने व्यक्तिलाई कानूनी कार्वाही गर्न जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई जोडदार माग गर्दछांै ।
इत्तेहाद संगठनले मिलेर बसेको समाजलाई यस्ता अभिव्यक्तिले भड्काउने संयमता अपनाउन समेत सबैलाई आग्रह गरेको छ ।