भाइरल पोष्ट, रानीगञ्ज
चैत्र २९ गते । नेकपा एमाले लालबन्दी १७ को आठौं वडाअधिवेश सम्पन्न भएको छ । अधिवेशनले भीमबहादुर पौडेल(बाबुकाजी) को नेतृत्वमा १५ सदस्यीय वडा कमिटि बनाएको छ ।
वडाकमिटि अध्यक्ष लक्ष्मी प्रसाद गौतमको अध्यक्षता तथा पूर्व रक्षामन्त्री सांसद हरि उप्रेतीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले भीमबहादुर पौडेलको नेतृत्वमा १५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको एमाले नेता बासुदेव महतोले जानकारी दिनुभयो ।
वडाकमिटिको उपाध्यक्षमा गुदर महतो, सचिवमा लालबाबु यादव, सह–सचिवमा दिपा सापकोटा र ओम विकलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा दिनेश महतो, रेणु कार्की, यादव सापकोटा, मिलन तिमल्सिना, सुमित खड्का, जनार्दन आ, उमा पौडेल, हस्त बहादुर थापा, अन्जु अधिकारी र सुशान्त दाहाललाई चयन गरेको छ ।
अधिवशेनमा एमाले लालबन्दीका नवनिर्वाचित अध्यक्ष उज्वल कार्की, उपाध्यक्ष भीमप्रसाद पौडेल, एमाले नेता गोविन्द महत, ईश्वरपुरका पुर्व मेयर मनोज देवकोटा, बुद्धिजीवी बलराम पोखरेल, अखिलका जिल्ला अध्यक्ष आशिषबाबु दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनबाट निर्वाचित समितिलाई बधाईसहित सफल कार्यकालको लागि प्रमुख अतिथी लगायतले शुभकामना दिनुभएको थियो ।