भाइरल पोष्ट, हरिपुर्वा
चैत्र २९ गते । सर्लाहीको बाँके–संग्रामपुर सडक खण्डको मिर्चया बजारमा भएको सवारी दुर्घटनामा एकजनाको ठाउँको ठाउँ ज्यान गएको छ ।
जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर–९ मा पर्ने मिर्चैया बजारमा शुक्रवार बिहान अन्दाजी सवा नौ बजेको समयमा ट्रकको ठक्करबाट एक साईकलयात्री युवतीको घटनास्थलमै मृत्युु भएको हो ।
ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका वडा नम्बर– १३ श्रीनगरका रामदुलार महतोको छोरी अन्दाजी १७ वर्षीया अंजली कुमारी महतो रहेकी छन् । प्रहरी चौकी गौरीशंकरका अनुसार बिपरित दिशाबाट आउदै गरेकी अंजलीलाई श्रीनगरबाट पूर्वी धनकौल तर्फ जाँदै गरेको ना५ख ३८५८ नम्बरको खाली ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट सोही साईकल पछाडी सवार उनकी बहिनी अन्दाजी १५ वर्षीया पुजा कुमारी महतो समान्य घाईते भएकी छन् । उनको श्रीनगरस्थित स्थानीय मेडिकलमा उपचार भई रहेको छ ।
ठक्कर दिने ट्रक चालक हरिवन नगरपालिका वडा नम्बरको १० ताईवन टोलका ३१ वर्षीय लक्ष्मण विश्वकर्मा प्रहरी चौकी गौरीशंकर सर्लाहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक भने ईलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशी जानकारी दिनुभएको छ ।