भाइरल पोष्ट, सर्लाही
चैत्र २९ गते । मधेश प्रदेश सरकारको प्रदेश समन्वय परिषद सदस्यमा सर्लाहीका कौशल किशोर सिंह मनोनित हुनु भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीको प्रमुख समेत रहनु भएका सिंहलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेश समन्वय परिषद सदस्यमा नियुक्त गर्नु भएको हो । उहाँलाई चैत्र २९ गतेको मधेश प्रदेशको मुख्यमन्त्रीस्तरीय बैठकले निर्णय गर्दै प्रदेश समन्वय परिषदमा मनोनयन गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालय जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामबाट सिंहलाई दिइएको मनोनयन पत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध कायम गर्न बनेको ऐन २०७७ को दफा २४ को उपदफा १ को खण्ड (घ) बमोजिम सिंहलाई प्रदेश समन्वय परिषद सदस्यका रुपमा मनोनयन गरिएको उल्लेख गरिएको छ । उहाँलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव जयकुमार राउतले हस्ताक्षर गरी मनोनयन पत्र दिनु भएको छ ।
संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सिंहलाई परिषद सदस्यमा मनोनयन गरिएको बताइएको छ ।
समाचार तयार गरी पठाउनुहोस्