भाइरल पोष्ट, लालबन्दी
चैत्र २३ गते । सर्वसहमतिको प्रयास असफल भएपछि नेकपा एमाले लालबन्दीमा चुनाव हुने भएको छ । एमाले लालबन्दीमा नेतृत्वको लागि ४ जनाको उमेदवारी परेको नेकपा एमाले लालबन्दीले जनाएको छ ।
नगर अध्यक्षमा पूर्व वडा अध्यक्ष समेत रहनुभएका युवा नेता उज्वलकुमार कार्कीसहित प्रेमप्रसाद आचार्य (उमेश), माधवप्रसाद खरेल र लीला बाँनियाले उम्मेदवारी उमेदवारी दिनुभएको हो । एमाले लालबन्दीले जनाए अनुसार पदाधिकारीहरुको अन्यपदमा समेत उमेदवारीहरु परेका छन् । मतदान भोली मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने बताइएको छ ।
एमाले दोस्रो नगर अधिवेशनको लालबन्दी नगरपालिका ६ स्थित मदन–आश्रित भवनमा पार्टीका जिल्ला इन्चार्ज एवं पूर्वमन्त्री हरि उपे्रतीले उद्घाटन गर्नु भएको थियो ।
नगर अधिवेशनका लागि हालको नगर कमिटीमा रहेका पदाधिकारी (आयोजक कमिटी) ५१ जनासहित १७ वटै वडाबाट छानिएर आएका कूल ३०९ जना प्रतिनिधिले मतदान गर्न पाउने एमाले लालबन्दीले जनाएको छ ।
यस्तै आज नै हरिपुरमा पनि नेकपा एमाले हरिपुर नगर कमिटीको पहिलो नगर अधिवेशनको पूर्व मन्त्री उपे्रतीले नै उद्घाटन गर्नुभएको छ ।