भाइरल पोष्ट, हरिवन
चैत्र २३ गते । नेपाल तामाङ घेदुङ हरिवनको दोश्रो नगर अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले महिला नेतृ तारा कुमारी घलानको नेतृत्वमा सदस्यीय नगर कार्यसमिति चयन गरेको छ ।
घेदुङका नगर अध्यक्ष राजु लो तामाङको अध्यक्षता तथा घेदुङका मधेश प्रदेश कार्यसमितिका अध्यक्ष एवम् संघीय सचिवालय सदस्य यमलाल गोलेको प्रमुख आतिथ्यतामा हरिवनस्थित ग्रामीण स्वयमसेवक समाजको सभाहलमा भएको अधिवेशनले नेतृ घलानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको दुई जना उपाध्यक्षमा क्रमशः संजीव लामा, ज्योति ब्लोन, सचिवमा राज घिसिङ, कोषाध्यक्षमा सञ्चमाया घिसिङ, सहसचिवमा दोर्जे पाख्रिन सर्वसम्मत चयन हुनु भएको नेपाल तामाङ घेदुङ हरिवनले जनाएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा प्रभास लामा वाइवा, विष्णु मोक्तान, किरण कुमार थिङ, पपीमाया पाख्रिन, श्याम जिम्वा, बुद्ध ब्लोन र शर्मिला घिसिङ्ग चयन हुनुभएको छ ।
नव निर्वाचित घेदुङको नगर कार्यसमितिलाई प्रमुख अतिथीसहित हरिवन नगरपालिकाका प्रमुख रमेश कुमार बुढाथोकी(कमल), उपमेयर हरिमाया घलान, घेदुङका केन्द्रीय सदस्य जयमान पाख्रिन, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पूर्व केन्द्रीय सदस्य एवम् एकीकृत समाजवादी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, घेदुङका जिल्ला अध्यक्ष बुद्ध लामा थिङ, पूर्व मधेश प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवनका पुर्व नगर प्रमुख गणेश प्रसाद प्रसाई, हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जन, ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेती, नेपाली काँग्रेस मधेश प्रदेश सदस्य सोनी बोम्जन, जिल्ला सचिव निरज कार्की, एमाले नेता चुडामणि वाग्ले, समाजसेवी भरत कुमार कार्की उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोते, हरिवन चेम्वर अफ कमर्सका अध्यक्ष कृष्ण ओम पोते, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख किशोर तामाङलगायतले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
हरिवन नगरपालिका तामाङ समुदायको बाक्लो बाहुल्यता भएको पालिका हो । तामाङ समुदायको भाषा, लिपी, संस्कार र संस्कृतिको जगेर्ना गर्न, तामाङ समुदायको हकहितमा काम गर्न तामाङ घेदुङले उल्लेख्य भूमिका खेल्दै आएको घेदुङका निवर्तमान अध्यक्ष राजु लो तामाङले बताउनुभयो ।