भाइरल पोष्ट, कविलासी
चैत्र १६ गते । सर्लाहीको कविलासीमा दुई जना स्वास्थ्यकर्मीको स–सम्मान विदाईसहित १० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि सम्मान गरिएको छ । त्यस्तै नगरका सबै ७४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई झोला वितरण गरिएको छ ।

सम्मानित हुनेहरुमा अवकास प्राप्त गरी विदाई हुन लाग्नुभएका कविलासी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी विनोद कुमार झा र हेमपुर स्वास्थ्य चौकीमा कार्यरत रामाशिष राय रहनु भएको छ । उहाँहरुलाई उममेयर पुनम कर्ण र प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोले अविर लगाई सम्मान पत्रबाट सम्मान गर्नु भएको हो । त्यस्तै नगरका १०ओटै वडाका एक÷एक जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि उमेयर कर्ण र प्रमुख प्रशासकीय अधिकृत महतोले नै सम्मान पत्रबाट सम्मान गर्नु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रोत्साहन कार्यक्रम अन्तरगत कविलासी नगरपालिकाको गैरस्थित कविलासी आयुर्वेदिक औषधालयको सभाहलमा भएको कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको नगर स्वास्थ्य शाखाकी सह–संयोजक नितु साहले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर पुनम कर्णले ग्रामीण भेगमा खोप कार्यक्रम र प्राथमिक स्वास्थ्य उपचारका लागि अतुलनिय योगदान पु¥याई रहेका महिला स्वयंसेविकालाई आगामी दिनमा थप उत्साहका साथ सेवा प्रवाहका लागि तल्लिन रहन प्रेरित गर्ने उद्देश्यसहित सम्मान गरिएको बताउनुभयो ।
उहाँले थोरै सेवा सुविधामा पनि महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्न समेत सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोको अध्यक्षता तथा उप–मेयर पुनम कर्णको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाकी सह–संयोजक नितु साहले सञ्चालन गर्नुभएको थियो ।