भाइरल पोष्ट, काठमाण्डौ
चैत्र १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुन सक्ने आरोप लगाउनु भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विपक्षीको मागलाई बेवास्ता गरेर प्रधानमन्त्री कतै राजावादीसँग मिलेको त हैन ? भनेका छन् ।
समाजवादी मोर्चाको सभामा अध्यक्ष प्रचडण्ले भन्नुभयो,–‘केपी ओली भित्रभित्रै राजावादीसँगै मिलेको होइन भन्ने प्रश्न उठेको छ । उहाँलाई गणतन्त्रप्रति रिस छ । गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ । अहिले उल्टो काम गरे राजावादीलाई फाइदा हुन्छ । गणतन्त्रवादी हो भन्ने पुष्टी गर्न सदनमा आएर जवाफ दिनुपर्छ । अहंकारले दिँदैन ।’
उहाँले प्रधानमन्त्रीले कुलमानबारे संसद्मा चित्तबुझ्दो जवाफ दिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रधानमन्त्री प्रतिनिधिसभाप्रति जवाफदेही हुनुपर्ने हो । उहाँ जवाफ दिन लोकतन्त्र र संविधानप्रति जवाफदेही हुनुहुन्न ।’
उहाँले संविधान मिचेर लोकतन्त्रलाई सखाप पार्ने काम प्रधानमन्त्रीबाट नहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।