भाइरल पोष्ट, मलंगवा
चैत्र १४ गते । प्रादेशिक अस्पताल मलगंवा एक सय शैया क्षमतामा सञ्चालन हुने भएको छ ।
कार्यसम्पादनसंगै उपचारका लागी आउने बिरामीको संख्याको आधारमा प्रादेशिक अस्पताल मलगंवालाई एक सय सैयामा स्तरोन्नती गरीएको हो ।
अस्पतालको लागी अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्तावमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अस्पताललाई एक सय सैयामा स्तरोन्नति तथा सञ्चालनको स्वीकृती प्रदान गरिएको मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न प्रसाद सिंहले बताउनुभयो ।
एक सय शैयामा स्तरवृद्धिसहित अस्पतालको क्षमतामा वृद्धि हुनुले विगतदेखि बिरामीहरूले पाउँदै आएको सेवा सुविधामा थप सुधार आउने अपेक्षा गरिएको अस्पतालका प्रमुख मेसु सन्जिब सिंहले बताउनुभयो ।
प्रादेशिक अस्पतालमा थप विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी, पूर्वाधारमा सुधार, थप उपकरण र सुविधा सम्पन्न भवनहरूसहित बिरामीको स्वास्थ्य उपचारमा थप सुधार ल्याउने मेसु सिंहले जानकारी दिनुभयो ।
‘स्तरवृद्धि अस्पतालको विकास र सुधारको लागि एउटा महत्वपूर्ण कदम हो । ’, मेसु सिंहले भन्नुभयो, ‘यसले सर्लाहीका जनतालाई अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने तथा उपचारको लागि हजारौँ रुपैयाँ खर्चेर बाहिर जानुपर्ने बाध्यता हट्छ ।