भाइरल पोष्ट, काठमाडौं
चैत ११ गते । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलराम अधिकारीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा पनि उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन ।’
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिनु भएको थियो ।