भाइरल पोष्ट, रानीगञ्ज
फागुन २९ गते । नेकपा एमाले लालबन्दीका पूर्व उपसचिव स्वर्गिय रामऔतार महतोको सम्मानमा श्रद्धाञ्जली सभा गरिएको छ ।
फागुन १७ गते स्वर्गे हुनु भएका महतोको सम्मानमा उहाँकै निजी निवास लालबन्दी १७ रानीगञ्जमा बुधबार श्रद्धाञ्जली सभा गरिएको नेकपा एमाले वडाकमिटीले जनाएको छ ।
स्वर्गिय महतोकी श्रीमती संगितादेवी महतोको अध्यक्षता तथा नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रञ्जना सरकारको प्रमुख आतिथ्यतामा सभाको आयोजना भएको थियो । सभामा लालबन्दीका पूर्व मेयर मान बहादुर खड्का, एमाले नेता गोविन्द अधिकारी, लक्ष्मी गौतम, रानीगञ्ज खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम पौडेललगायतका एमाले नेताहरुको सहभागिता रहेको नेकपा एमाले लालबन्दी नगर कमिटीका पूर्व उपाध्यक्ष बासुदेव महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभामा बोल्नुहुँदै प्रमुख अतिथी लगायतका वक्ताहरुले स्वर्गिय महतोप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँको निधनले नेकपा एमाले लालबन्दीलाई अपूरणीय क्षति भएको बताउनुभएको थियो ।