भाइरल पोष्ट, हरिवन
फागुन २३ गते । मानवसेवा आश्रमले सर्लाही शाखाको भवन निर्माणका लागि सुरू गरेको महायज्ञमा दान गर्ने दाताहरूको सहभागिता बढ्दै गएको छ । सोही क्रममा शुक्रबार महायज्ञमा सर्लाही शाखाको भवन निर्माणार्थ मनकारी दाताहरूले गक्ष अनुसारको सहयोग गरिरहनु भएको छ । महायज्ञमा ८२ लाख ९७ हजार २ सय १७ रूपैयाँ दान स्वरूप संकलन भएको मानवसेवा आश्रमको वृत विभागले जनाएको छ ।
शुक्रबार महायज्ञमा सहभागी हुँदै हरिवन नगरपालिका–२ सर्लाही निवासी अर्जुन प्रसाईं÷अरुणा राणा प्रसाईंले स्वर्गीय बुवा नारायण प्रसाईं र स्वर्गीय आमा क्षेत्रमाया प्रसाईंको स्मृतिमा सर्लाही शाखाको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको हो ।
त्यस्तै बागमती नगरपालिका–११ सर्लाही निवासी हरीप्रसाद पुडासैनी र निर्मला पुडासैनीले भवन निर्माण सहयोगार्थको लागि महायज्ञमा शुक्रबार ५१ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको छ । हरिवन नगरपालिका सर्लाहीस्थित नेपाल निवृत्त शिक्षक समाजले भवन निर्माणका लागि १५ हजार ५ सय ५ रूपैयाँ, बागमती नगरपालिका–२ सर्लाहीस्थित बगाले थापा सेवा समाजले १६ हजार १ सय रूपैयाँ दान गरेको छ ।
महायज्ञमा भवन निर्माणका लागि हरिवन नगरपालिका–२, सर्लाही निवासी राजेन्द्र प्रसाईं र बिना थपलिया प्रसाईंले १५ हजार ५ सय ५५ रूपैयाँ, हरिवन नगरपालिका–२ सर्लाही निवासी देवराज प्रसाईं र तुलसा पौडेल प्रसाईंले १५ हजार ५ सय ५५ रूपैयाँ, वासु तिमिल्सिना १५ हजार ५ सय रूपैयाँ, हरिवन नगरपालिका–०२, सर्लाही मुरारी विक्रम प्रसाईं र शारदा पौडेल प्रसाईं १५ हजार ५ सय ५५ रूपैयाँ, सिड्नी अस्ट्रेलिया निवासी निता तामाङले २५ हजार ५ रूपैयाँ, बिजुली भण्डारी र भीमसेन भण्डारीले २० हजार ५ रूपैयाँ योगदान गर्नुभएको छ ।
महायज्ञमा हरिवन नगरपालिका–२ सर्लाही निवासी रुकुमाया पौडेलले भवन निर्माणका लागि २५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो भने हरिवन नगरपालिका–९ सर्लाही निवासी शारदा थापा र माधव थापा १५ हजार ५ सय रूपैयाँ, बागमती नगरपालिका–८ सर्लाही कुलप्रसाद सुवेदी र तिर्थकुमारी सुवेदीले ११ हजार १ सय ११ रूपैयाँ र भवन निर्माण सहयोगका लागि श्री बिजेन्द्रनाथ श्रेष्ठले ५ हजार १ रूपैयाँ दान गर्नुभएको हो ।
त्यस्तै सर्लाही स्थानीय पालिकाहरूले पनि महायज्ञमा प्रतिबद्धता जनाउने क्रम जारी रहेको छ । सोही क्रममा सर्लाहीका बरहथवा नगरपालिका, बागमती नगरपालिका र ईश्वरपुर नगरपालिकाले सर्लाही शाखाको भवनको एक÷ एक कोठा निर्माणका लागि प्रतिबद्धता जनाएका छन् । सोही अनुसार प्रत्येक नगरपालिकाले शाखाको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय १५ रूपैयाँ योगदान गर्नुपर्ने छ । साथै महायज्ञमा शनिबार नेपालका चर्चित अभिनेता निखिल उप्रेतिको समेत उपस्थिति रहने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।
हिजोदेखि सुरू भएको महायज्ञ हरिवन नगरपालिका–११ स्थित सुर्तिविकास खेल मैदानमा फागुन २९ गतेसम्म सञ्चालन हुनेछ । भागवत भास्कर कमलनयन गौतमले कथावाचन गरिरहनु भएको महायज्ञबाट ११ करोड दान संकलन गरिने लक्ष्य राखिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ