भाइरल पोष्ट, हरिवन
फागुन २३ गते । मानवसेवा आश्रमले हरिवन ९ मा सर्लाही शाखाको भवन निर्माणका लागि सुरू गरेको महायज्ञमा दान गर्ने दाताहरूको सहभागिता बढ्दै गएको छ । सोही क्रममा शुक्रबार महायज्ञमा बागमती नगरपालिका–११ सर्लाही निवासी हरीप्रसाद पुडासैनी र निर्मला पुडासैनीले भवन निर्माण सहयोगार्थको लागि ५१ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो ।
आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो । हिजोदेखि सुरू भएको महायज्ञ हरिवन नगरपालिका–११ स्थित सुर्तिविकास खेल मैदानमा फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।
हाल ६० जना आश्रित सर्लाही शाखाको संरक्षणमा रहेका छन् भने सर्लाहीको भवन निर्माण सम्पन्नपछि १५० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई सेवा प्रदान गर्न सकिने मानवसेवा आश्रमले जनाएको छ ।