भाइरल पोष्ट, काठमाण्डौ
फागुन १२ गते । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै सांसद खतिवडाले सरकारसँग यस्तो माग गर्नु भएको हो ।
एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै उहाँले मुलुककै बदनाम गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘ एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम भएको छ । भएको के हो सरकारले त्यसको सूचि श्वेतपत्रको रुपमा जारी गरोस् ।’
उहाँले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताउनुभयो ।