भाइरल पोष्ट, लालबन्दी
फागुन ९ गते । सर्लाहीमा एकाघरका तीन दाजुभाईले आफै पढेको विद्यालयलाई ३२ ईन्चको टिभीसहितको सामाग्री प्रदान गर्नुभएको छ ।
जिल्लाको लालबन्दी १० स्थित चन्द्रपुरमा रहेको श्री माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरु ढोलसिं मोक्तान, संजीव मोक्तान र रन्जित मोक्तानले विद्यालयलाई एक थान ३२ ईन्चको टिभी र वाटर डिस्पेन्सर गरी ४४ हजार रुपैयाँ बराबरको सामान प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय पाख्रिनले जानकारी दिनुभयो ।
उहाँहरुले आफ्ना जीवीत आमाबुवा अष्टमान मोक्तान र धनमाया मोक्तानको सम्मानमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय पाख्रिन, वडा नम्बर १० का वडासदस्य रामु तामाङ्ग, विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर श्रेष्ठ र शिक्षक विद्यार्थीहरुको उपस्थितिमा विद्यालयमै पुगी सो सामाग्री प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।
सहयोग सामाग्री हस्तान्तरणपछि छोटो प्रतिक्रिया बक्त गर्नुहुँदै ढोलसिं मोक्तानले आफूहरुले पढ्ने बेला निकै दुःख कष्ट भोग्नु परेकोले अहिलेका विद्यार्थीहरुलाई त्यस्तो दुःखु भोग्नु नपरोस भन्दै सानो सहयोग गरेको बताउनुभयो । ‘हामीले पढ्दा निकै दुःख थियो । विभिन्न कारणले धेरै पढ्न त सकिएन तर पढ्न नसकेकोमा दुःख भने लागेको छ । अहिले त धेरै कुरा परिवर्तन भई सक्यो । अहिलेका विद्यार्थी भाईबहिनीहरुलाई पठनपाठनमा सहयोग होस् भन्ने उदेश्यले हामीले बुवाआमाको सम्मानमा सानो सहयोग गरेका हौं ।’
मनकारी भूपू विद्यार्थीहरुको सहयोग ग्रहण गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाख्रिनले भन्नुभयो,‘समुदायकै सहयोगले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधार गर्न सकिन्छ भनेर कस्सिएको बेला यसरी मनकारी व्यक्तिहरुबाट सहयोग पाउँदा निकै खुशि लाग्दो रहेछ । उहाँहरुलाई धेरै धेरै धन्यवाद ।’