भाइरल पोष्ट, हरिवन
फागुन ५ गते । सर्लाहीको हरिवनमा एक हजार बढीले निःशुःल्क आँखा जाँच गराएका छन् । आँखा जाँच गराएका मध्ये १०३७ जनामध्ये २०५ जनामा मोतियाविन्दु देखिएको छ । शिविरका क्रममा फेला परेका मोतियाविन्दुका विरामीको भोलि, पर्सि र निकोपर्सि गरी तीन दिन आँखा उपचार केन्द्र सुखेपोखरीमा निःशुल्क अप्रेसन गरिने भएको छ ।
हरिवन नगरपालिका, नेपाल नेत्रज्योति संघ आँखा अस्पताल चितवन र आँखा उपचार केन्द्र हरिवन सुखेपोखरीको संयुक्त आयोजनामा फागुन ३ गते हरिवनको तीन ठाउँमा निःशुल्क आँखा जाँच शिविर भएको थियो । त्यस्तै हिजो फागुन ४ गते नगर अस्पताल बरहथवामा शिविर गरिएको थियो भने आज आर्थत फागुन ५ गते आँखा उपचार केन्द्र सुखेपोखरीमै शिविर राखिएको थियो ।
३ गते हरिवनको हरिवन स्वास्थ्य चौकी, घुर्कौली स्वास्थ्य चौकी र सासापुर स्वास्थ्य चौकीमा भएको शिविरमा ६६२ जनाले आँखाको जाँच गराएकामा १०८ जनामा मोतियाविन्दु फेला परेको थियो । सो दिन ५२ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । त्यस्तै हिजो नगर अस्पताल बरहथवामा भएको शिविरमा २२५ जनाले आँखा जाँच गराएका थिए । तिमध्ये ६२ जनामा मोतियाविन्दु फेला परेको थियो भने ५० जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थियो ।
त्यस्तै आज अर्थात फागुन ५ गते आँखा उपचार केन्द्र सुखेपोखरीमा भएको शिविरमा १५० जनाले आँखा जाँच गराएकामा ३५ जनामा मोतियाविन्दु देखिएको थियो भने १० जनालाई निःशुलक चश्मा प्रदान गरिएको थियो ।
सबै ठाउँमा गरिएको जाँचका क्रममा भेटिएका मोतियाविन्दुका विरामीको अप्रेसन निःशुल्क गरिने र उनीहरुलाई चश्मा समेत निःशुल्क प्रदान गरिने बताईएको छ ।