भाइरल पोष्ट, लालबन्दी
फागुन २ गते । प्रणय दिवसको अवसरमा जिल्लाको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा प्रेमपत्र लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
स्वतन्त्र विधार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस लालबन्दीले दिवसको अवसरमा प्रेमपत्र लेखन तथा वाचन कार्यक्रम आयोजना गरेको हो ।
स्वतन्त्र विधार्थी युनियनका सभापति अभिमन्यु चौधरीको सभापतित्व तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रेमपत्र वाचन तथा लेखन प्रतियोगितामा विश्वास अधिकारी प्रथम, इशा धमला द्वितीय र एकता लामिछाने तृतीय हुनुभएको थियो । उहाँहरुलाई रमेश भटराई, धनन्जय पौडेल‘विवश’ र दिनेश लुइँटले निर्णायक रहेको निर्णायक मण्डलले प्रथम, द्वितीय र तृतीय घोषणा गरेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागि विद्यार्थीहरुलाई प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दिपक अधिकारीले शिल्ड, मेडलद्वारा पुरस्कृत गर्नुभएको स्ववियु सदस्य विवेक बानियाँले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख वीरेन्द्र चौधरीको कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा पूर्वक्याम्पस प्रमुख उमेश तिमल्सिना, युवा नेता नारायण गुर्मछान, मनोज बख्रेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थी नेताहरू आदित्य महतो, अरबिन्द साह लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा जिल्लाका मुर्धन्य जगलकार धनन्जय पौडेल‘विवश’कृत ‘धर्तीको जुन’ गजल संग्रह र खोज तथा अनुसन्धानमा तल्लीन लेखक तथा कथाकार देवराज पौडेलकृत ‘मानवता हराएका शहरहरु’ नामक पुस्तक क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलाई प्रदान गरिएको थियो ।